आइतबार, वैशाख २७, २०८३

किन सधैं आफूलाई २५ भन्न रुचाउँछन् राजेश हमाल? 

आज अभिनेता राजेश हमालको जन्मदिन। हमालकै भाषामा भन्नुपर्दा ‘फेसबुक गडबडी’का कारण धेरैले उनलाई मंगलबार नै जन्मदिनको शुभकामना दिए।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

आज अभिनेता राजेश हमालको जन्मदिन। हमालकै भाषामा भन्नुपर्दा ‘फेसबुक गडबडी’का कारण धेरैले उनलाई मंगलबार नै जन्मदिनको शुभकामना दिए। सन् १९९१ मा ‘द युगदेखि युगसम्म’ फिल्मबाट अभिनयमा डेब्यु भएका हमालको उमेर नेपाली दर्शकमाझ सधैँ चासो र चर्चाको विषय बन्छ। 

National life

हुन त उमेर वर्ष वा संख्या मात्र होइन, भावना र सोच पनि हो। जोश, जाँगर र सक्रियता भएन भने झर्झराउँदो बैँस र बुढ्यौलीमा पनि कुनै अन्तर हुँदैन। तर, हमाल यस्ता अभिनेता हुन्, जो सधैँ आफूलाई जवान भन्न रुचाउँछन्। 

कहीँकतै उमेरको प्रसंग उठिहाल्यो भने उनको एउटै रेडिमेड जवाफ हुन्छ, ‘भर्खर २५ त लागेँ।’ हरेक वर्ष उनको जन्मदिन आउँछ तर सधैँ उनी उही उमेर दोर्‍याउँछन्, ‘२५’। एकपटक नेपाल प्राविधिक संघको अवार्ड समारोहमा मन्तव्य दिने क्रममा उनले भनेका थिए, ‘फिल्म क्षेत्रमा लागेको ३०–३२ वर्ष भयो।’ तत्काल उनलाई आफ्नो उमेर चिप्लिएको महसुस भयो। अनि, तत्काल सच्याइहाले, ‘तर, मेरो उमेरचाँही मात्र २५ हो है!’

हमाल किन सधैं आफूलाई २५ भन्न रुचाउँछन्? 

‘यसको कारण छ,’ हमाल स्पष्ट पार्छन्, ‘हाम्रो दिमाग र कम्प्युटर उस्तै हो। तपाईं आफ्नो कम्प्युटरमा जे शब्द बढी टाइप गर्नुहुन्छ, त्यो दिमागमा तत्काल आइहाल्छ। जस्तो, तपाईंले लगातार ५५ भनेर लेखिरहनुभयो भने ५ सम्झिनेबित्तिकै तपाईंको हातले ५५ टाइप गरिहाल्छ। त्यस्तै म २५ भनिरहन्छु, मलाई साँच्चिकै २५ नै जस्तो महसुस हुन्छ।’

तीन दशक बढी भयो हमाल अभिनय क्षेत्रमा लागेको। उनीसँगै काम गरेका अरु साथीभाइ धेरै रिटायर्ड भइसके। तर, उनी अझै सक्रिय छन्। म्यूजिक भिडियोमा सकिनसकी कम्मर मर्काइरहेकै छन् । सधैँ हाँस्दै भनिरहन्छन्, ‘अझै फिट नै छु।’

हमाललाई लाग्छ, जीवन एउटा सिंगो पुस्तक हुनै सक्दैन। यदि हुन्छ भनेपनि त्यहाँ थुप्रै उपकथाहरु हुन्छन्। ‘यदि मेरो जीवनको पुस्तकमा तीनवटा कथा छ भने तपाई सम्झिनुस्, दुइटा सकियो, अब एउटा बाँकी छ,’ उनी भन्छन्, ‘हो, अहिले म तेश्रो कथा कसरी लेख्ने भन्ने दुविधामा छु।

प्रकाशित: Jun 09, 2021| 07:28 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्