बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हसनले बनाएको विश्व कीर्तिमान दुई दिनमै तोडियो, इथियोपियन महिलाले बनाइन् नयाँ रेकर्ड

हसनले बनाएको विश्व कीर्तिमान दुई दिनमै तोडियो, इथियोपियन महिलाले बनाइन् नयाँ रेकर्ड

१० हजार मिटर दौडमा डच धाविका सिफान हसनले बनाएको विश्व रेकर्ड दुई दिनमै तोडिएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- १० हजार मिटर दौडमा डच धाविका सिफान हसनले बनाएको विश्व रेकर्ड दुई दिनमै तोडिएको छ। उनले गएको आइतबार बनाएको रेकर्ड मंगलबार इथियोपियाकी लेटिसेनबेट गिटीले पाँच सकेन्डले तोडेकी हुन्।

नेदरल्याल्ड्सकी सिफा हसनले निर्धारित १० हजार मिटर दूरी २९ मिनेट ६.८२ सेकेन्डमा पार गर्दै विश्व कीर्तिमान बनाएकी थिइन्। उनले पाँच वर्षअघि इथियोपियान अल्मज अयनाको २९ मिनेट १७.४५ सेकेन्डको रेकर्डलाई १० सेकेन्डले उछिन्दै आफ्नो नाममा बनाउन सफल भएकी थिइन्।

तर, नेदरल्यान्डको हेन्गेलोमा भएको १० हजार मिटर दौडमा गिडीले २९ मिनेट एक दशमलब तीन सेकेन्डमा दौड सम्पन्न गरेर नयाँ रेकर्ड आफ्नो बनाइन्।

‘मैले विश्व रेकर्ड बनाउनेबारे सोचेको थिएँ,’ २३ वर्षे गिटीले रेकर्ड बनाएपछि भनिन्, ‘म फेरि पनि यो रेकर्डलाई २९ मिनेटमा झार्ने प्रयास गर्नेछु।’

गिडीले यसअघि पाँच हजार मिटरतर्फ दौडमा विश्व रेकर्ड बनाएकी थिइन्। यससँगै उनी १९९३ पछि पाँच हजार र १० हजारमा रेकर्ड बनाउने पहिलो महिला बनेकी छन्।

प्रकाशित: Jun 09, 2021| 05:35 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।