बुधबार, माघ ७, २०८२

जिरु चम्किँदा फ्रान्सको सहज जित

फ्रान्सका फरवार्ड ओलिभिए जिरुले दुई गोल गरेपछि फ्रान्सले बुल्गेरियाविरुद्ध सहज जित निकालेको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- फ्रान्सका फरवार्ड ओलिभिए जिरुले दुई गोल गरेपछि फ्रान्सले बुल्गेरियाविरुद्ध सहज जित निकालेको छ।

National life

फ्रन्समा मंगलबार राति सम्पन्न खेलमा घरेलु टिमले बुल्गेरिया माथि ३–० गोलको जित निकालेको हो।

बल पोसेसनमा पनि बलियो देखिएको फ्रान्सले खेल अवधिभर ११ पटक बुल्गेरियाको पोस्टमा प्रहार गरेको थियो। त्यसबाहेक १४ प्रहार भने पोस्टबाहिर गएको थियो।

त्यसमध्ये खेलको २८औं मिनेटमा फरवार्ड एन्टोनी ग्रिजम्यानको प्रहारले भने जालि चुम्न सक्यो। ग्रिजम्यानको गोलसँगै पहिलो हाफमा फ्रान्स एक गोलले अघि रह्यो।

खेलको ४०औं मिनेटमा करिम बेञ्जिमालाई प्रतिस्थापन गर्दै मैदान छिरेका जिरुले दोस्रो हाफको ८२औं र ८९औं मिनेटमा गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

यता, मैदानमा ८३ मिनेट बिताएका अर्को फरवार्ड केलियन एम्बाप्पेले भने व्यक्तिगततर्फ गोल गर्न सकेनन्।

बरु उनलाई प्रतिस्थापन गर्दै मैदान छिरेका बेन यडरले तेस्रो गोलको लागि पास उपलब्ध गराएका थिए।

प्रकाशित: Jun 09, 2021| 01:00 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।