शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • मन्त्रीबाट हठात् हटाइनु राजनीतिक बेइमानी हो : जितेन्द्र सोनल [अन्तर्वार्ता]

मन्त्रीबाट हठात् हटाइनु राजनीतिक बेइमानी हो : जितेन्द्र सोनल [अन्तर्वार्ता]

जेठ २३ गते मधेश भवनमा सबैजना सँगै थियौं। म जसपाको कार्यकारिणी सदस्य पनि हुँ, क्याबिनेटको सदस्य हुँ, प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्छु। म सबै कुरालाई त्यो दिन नियालिरहेको थिएँ। मलाई लाग्यो, यो ठीक होइन। यो त धोकाको पराकाष्ठा भयो।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

जनता समाजवादी पार्टी (जसपा)को एउटा समूह संघीय सरकारमा सहभागी भएसँगै त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ। जसपाको महन्थ–राजेन्द्र पक्ष केपी ओली सरकारमा सहभागी भएपछि पार्टीभित्रको द्वन्द्व अझ चर्केर गएको छ।

triton college

केन्द्र सरकारमा पार्टीको उक्त पक्ष सहभागी भएलगत्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरे। बर्खास्त हुने मन्त्री हुन्, जितेन्द्र सोनल। पदबाट हटाइएपछि उनी अब के गर्छन्? पछिल्लो घटनाक्रमलाई कसरी लिइरहेका छन्? यिनै विषयमा नेपाल समयकर्मी जयन्त ठाकुरले मन्त्री सोनलसँग कुराकानी गरेका छन्।

पदबाट हटाउने कुरा पूर्वानुमान थियो वा अप्रत्याशित?

राजनीतिकर्मीका लागि सत्तामा हुनु वा नहुनु, सत्तारोहण हुनु वा सत्ताबाट अवरोहण हुनु स्वाभाविक प्रकृया हो। जसरी अहिले जनता समाजवादी पार्टीभित्र राजनीतिक घटनाक्रमको विकास भएको छ, पार्टीको केन्द्रदेखि प्रदेशसम्मको स्थिति त्यति राम्रो छैन। यसले के दर्शाउँछ भने अहिलेको परस्थितिमा जे पनि सम्भव छ। महन्थ ठाकुरजीलाई कारबाही गर्ने कुरा मैले कल्पनासम्म गर्न सक्दिन। त्यसैगरी उपेन्द्रजीमाथि पनि। एउटै पार्टीको दुई नेता सदनमा शुभकामना मन्तव्य राख्दा दुई धारको कुरो राख्नु, एक नेता विपक्षीसँग गठबन्धन गरेर वैकल्पिक सरकारको कुरो गर्नु।

यो सबै घटनाक्रमले प्रमाणित गर्छ कि यस्तो स्थितिमा जे पनि सम्भव छ। जब जे पनि सम्भव छ भने कोही मन्त्री पदबाट हट्नु र कोही मन्त्री बन्नु पनि सम्भव छ। पछिल्लो क्रममा जसरी राजनीतिक घटनाक्रम चल्यो, यसले हामीले कसैलाई हटाउन सक्छौँ वा हामीलाई नै हटाउन सक्छ भन्ने कुरो स्वाभाविक रुपमा मनमा थियो।  

corrent noodles
Metro Mart

आफूलाई हटाइएकोमा तपाईंको प्रतिक्रिया के छ?

यो त राजनीतिक बेइमानी हो। राजनीतिकर्मीलाई पदबाट हटाउने विषयलाई म सहर्ष स्वीकार गर्छु तर जसरी जुन प्रक्रियाले हटाइयो, यो पूर्ण रुपमा बेइमानी हो।

जेठ २३ गते मधेश भवनमा सबैजना सँगै थियौं। म जसपाको कार्यकारिणी सदस्य पनि हुँ, क्याबिनेटको सदस्य हुँ, प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्छु। म सबै कुरालाई त्यो दिन नियालिरहेको थिएँ। मलाई लाग्यो, यो ठीक होइन। यो त धोकाको पराकाष्ठा भयो। केन्द्रीय अध्यक्ष आउनुभएको छ। उहाँ सबैसँग एक्लै–एक्लै भेट गरिरहनु भएको छ, माइन्युटमा हस्ताक्षर गराइराख्नु भएको छ।

त्यसपछि मलाई लाग्यो, यो राजनीतिक बेइमानी हो। उहाँले काठमाडौंमा के गर्नुभयो? कसले कसलाई कारबाही गर्‍यो, त्यो त्यागेर प्रदेशमा ५५ जनालाई बोलाएर उहाँले कुरा गर्नुपर्थ्यो। तर उहाँले चोरबाटो भएर सबै प्रक्रिया अगाडि बढाउनुभयो। जब मैले सञ्चारमाध्ययमबाट जानकारी पाएँ, त्यसपछि अन्तरमनमा लाग्यो अब यो सहकार्य अगाडि जानेवाला छैन।

लालबाबु राउत कसरी संसदीय दलको नेता बन्नुभयो त?

त्यस्तो मैले समाचार सुनेँ। उहाँ दलको नेता बन्नुभएको छ वा छैन त्यो मलाई अहिलेसम्म थाहा छैन। कुन विधिबाट बन्नुभएको छ? कहाँ बैठक भयो? कस–कसलाई सूचना गरियो? पार्टीको विधान अनुरुप छ कि छैन? दलको ऐनको हिसाबले यो प्रक्रिया पूरा गरिएको छ कि छैन? यो सबै विषय अहिले विचाराधिन छ। यसमा म टिप्पणी गर्न चाहँदिन।

लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गर्नु दलको विधानअनुरुप छैन त्यसो भए?

बिल्कुलै छैन। मेरो दलको विधानको परिच्छेद ५ मा प्रदेशसभाको दलसम्बन्धी व्यवस्था गरिएको छ। त्यसमा स्पष्ट रुपमा लेखिएको छ– प्रदेश संसदीय दलको लागि प्रदेश समितिबाट प्रदेश संसदीय दलको विधान पारित हुनेछ, सोही अनुरुप संसदीय दलको गठन हुनेछ। तर जब प्रदेश समिति छैन भने विधान कसले पारित गर्छ? यो त कमसेकम व्याख्या हुनुपर्‍यो नि। प्रदेश समिति नरहेको अवस्थामा नेता कसरी बनाइयो? प्रदेश समिति छैन भने कार्यकारिणी समिति होला, केन्द्रीय समिति होला। त्यहाँ यो विषयमा छलफल हुनुपर्‍यो कि नै परेन?

मन्त्रीमण्डलमा त मुख्यमन्त्री राउत तपाईंको घनिष्ठ मित्र हुनुहुन्थ्यो नि?

उहाँ अहिले पनि मेरो अनन्य मित्र हुनुहुन्छ।

पदबाट हटाइएपछि कुरा भएको छ उहाँसँग?

अहिले भएको छैन। तर कुरा हुन्छ नै उहाँसँग।

पछिल्लो समय तपाईं मन्त्रिपरिषद् बैठकमा अनुपस्थित रहँदै आउनु भएको थियो, किन? कुनै मनमुटाव थियो कि?

न मनमुटाव थियो न त असन्तुष्टि नै। तर जसरी मन्त्रिपरिषद् बैठक चल्नुपर्ने थियो, त्यो चल्न सकिरहेको थिएन। जब नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिँदै गयो, मन्त्रीमण्डलभित्र कुरा गर्ने प्रयास गरेँ। तर कुनै कुरा राम्ररी चल्न सकिरहेको थिएन। नीति तथा कार्यक्रम त पोेलिटकल डक्युमेन्ट हो नि, सरकारको डक्युमेन्ट हो। यसका लागि सरकारमा रहेका नेताहरुबीच छलफल हुनुप¥यो नि, न कि ब्युरोक्रेट्स स्तरमा। नीति तथा कार्यक्रम ब्युरोक्रेटिक डक्युमेन्ट होइन।

अर्थात् सरकार तपाईंहरुले होइन, कर्मचारीले चलाइरहेका छन्?

सरकार कर्मचारीहरुले चलाइरहेका छन् पनि म भन्दिन। कुरा के हो भने जहाँ जे विषयमा छलफल हुनुपर्ने थियो, त्यसको अभाव थियो। त्यसैले मेरो मनमा यसलाई सुधार गर्नुपर्छ लाग्थ्यो। तर समस्या के छ भने जनता समाजवादी पार्टी दुई पार्टी मिलेर बन्यो। तत्कालीन संघीय समाजवादी पार्टीभित्र विभिन्न गुट छ। तत्कालीन राजपा त झन् ६ पार्टी मिलेर बनेको थियो। त्यसकै अन्तरद्वन्द्व सबैठाउँमा देखिन्थ्यो। घटनाक्रम परिपक्व हुँदै गएपछि सञ्चारमाध्यमबाट जनताले पनि यस परिस्थितिको विषयमा जानकारी पाउने छन्।  

अब लालबाबु राउतजीसँग मिल्ने सम्भावना कत्तिको छ?

राजनीतिमा जे पनि सम्भव छ। शेरबहादुर देउवाजीले प्रचण्डजीको टाउकोको मूल्य तोक्नु भएको थियो, उपेन्द्र यादवजी प्रचण्डको डरले लुकीछिपी बस्नुहुन्थ्यो। तर आज हेर्नुुस् एकै ठाउँमा छन् तीनै जना। यो हुनसक्छ भने म र लालबाबुजीबीच के नै भएको छ र? राजनीतिमा जे पनि सम्भव छ।

अब के गर्नुहुन्छ ?

२–४ दिन प्रतीक्षा गर्छु। कसरी घटनाक्रम अगाडि बढ्छ, त्यसपछि मात्रै महन्थ ठाकुरजीको निर्देशनअनुसार आगामी रणनीति बनाएर अगाडि बढ्छौँ। अझै घटनाक्रम परिपक्व हुन दिनुपर्छ।

प्रकाशित: Jun 08, 2021| 09:27 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...