शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ‘लप्पन छप्पन २’ले २५० चलचित्र प्राविधिकलाई बाँड्यो खाद्यान्न, कलाकार जुट्दा उठ्यो पाँच लाख 

‘लप्पन छप्पन २’ले २५० चलचित्र प्राविधिकलाई बाँड्यो खाद्यान्न, कलाकार जुट्दा उठ्यो पाँच लाख 

कोरोना महामारीका कारण फिल्म क्षेत्र ठप्प भएपछि यतिखेर पर्दा पछाडि रहेर काम गर्ने चलचित्र प्राविधिकहरू समस्यामा छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- कोरोना महामारीका कारण फिल्म क्षेत्र ठप्प भएपछि यतिखेर पर्दा पछाडि रहेर काम गर्ने चलचित्र प्राविधिकहरू समस्यामा छन्। कतिपयको चुल्हो निभेको छ, कतिपय कोठा भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। 

National life

प्राविधिकको यस्तै खबर पढेपछि यतिखेर देशविदेशमा रहेका कलाकारहरू उनीहरूको संकटको सारथि बन्न जुर्मुराएका छन्। 

कलाकारहरू निर्मल शर्मा, जीवन लुइँटेल, राजवल्लभ कोइराला, मुकेश आचार्य, रुपा राणालगायतले आ-आफ्नो गच्छेअनुसार चलचित्र प्राविधिक संघको विपद् व्यवस्थापन कोषमा सहयोग गरिसकेका छन्। 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अहिलेसम्म कोषमा करिब पाँच लाख रकम संकलन भइसक्यो।

यस्तैमा हालै फिल्म ‘लप्पन छप्पन–२’ टिमले २५० जना फिल्म प्राविधिकलाई खाद्यान्न बाँड्यो। चिनिया फिल्म वितरक शान्न शर्मा, निर्देशक मुकुन्द भट्ट र प्रोडक्सन म्यानेजर युवराज कार्कीको पहलमा फिल्म टिमले २५० जनालाई खाद्यान्न वितरण गरेको हो। 

Laxmi sunrise bank
kumari

टिमले प्रत्येकलाई २५ केजीको एक बोरा चामल, तीन लिटर तेल, पाँच किलो दाल सहयोग गरेको छ। उक्त खाद्यान्न वितरणमा कार्यक्रममा अभिनेता पल शाह, नबिन लम्साल र अभिनेत्री करिश्मा मानन्धरले समेत उपस्थिति जनाएका थिए।

प्रकाशित: Jun 08, 2021| 07:05 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्