बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जोर्डनसँगको हारपछि प्रशिक्षकले भने– अष्ट्रेलियाविरुद्ध सन्तुलित खेल्नेछौं

जोर्डनसँगको हारपछि प्रशिक्षकले भने– अष्ट्रेलियाविरुद्ध सन्तुलित खेल्नेछौं

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट दोस्रो चरणअन्तर्गतको अन्तिम खेलमा सन्तुलित फुटबल खेल्ने बताएका छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट दोस्रो चरणअन्तर्गतको अन्तिम खेलमा सन्तुलित फुटबल खेल्ने बताएका छन्।

National life

उनले सोमबार राति जोर्डनविरुद्ध ०–३ गोलको हार बेहोरेपछि भने, ‘हामी अब अर्को खेलमा अस्ट्रेलियाविरुद्ध सन्तुलित खेल खेल्ने तयारीमा हुनेछौं।’

उनले अष्ट्रेलियाविरुद्धको खेलमा हार बेहोरे पनि गर्वले खेल्ने बताएका छन्। अष्ट्रेलियासँग कुवेतले ०–३ गोलअन्तरले हार बेहोरेको सम्झँदै उनले भने, ‘अस्ट्रेलियाविरुद्ध नेपालको अन्तिम खेल हो। इराकमा बेहोरेको जस्तो हार फेरि बेहोर्न चाहन्नँ। नतिजा हार नै भए पनि गर्वका साथ खेल्ने छौं।’

उनले जोर्डनविरुद्धको पहिलो हाफमा एक मात्र गल्ती गरेको बताए। उनले भने, ‘पहिलो हाफमा हामीले एउटै मात्र गल्ती गरेका थियौं। त्यही गल्तीका कारण पेनाल्टी निर्णय भयो। तर, त्यो बेलामा पेनाल्टी नदिएको भए नतिजा फरक हुन सक्थ्यो। पेनाल्टीपछि जोर्डनलाई खेल्न सजिलो भयो।’

नेपाली टिमले हारे पनि त्यो हारको सबै दोष आफैं लिने प्रशिक्षक अलमुताइरी बताउँछन्। उनले समर्थकलाई अनुरोध गरे, ‘कुनै खेलाडीलाई दोष नदिनु होला। नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेको छ। आउँदो खेलमा अझ सुधार हुनेछ।’

Laxmi sunrise bank
kumari

उनले पेनाल्टीबाहेक दोस्रो हाफमा बेहोरेको दुवै गोल सेट पिसमा भएको बताएका छन्।

प्रकाशित: Jun 08, 2021| 05:06 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।