बिहीबार, असार २५, २०८३

लाट्भियाविरुद्ध जर्मनीको सानदार जित

फुटबल खेलको बलियो राष्ट्र जर्मनीले सोमबार रातिको मैत्रीपूर्ण खेलमा लाट्भियाविरुद्ध सानदार जित निकालेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- फुटबल खेलको बलियो राष्ट्र जर्मनीले सोमबार रातिको मैत्रीपूर्ण खेलमा लाट्भियाविरुद्ध सानदार जित निकालेको छ। जर्मनीको डुसेलडोर्फस्थित स्पिरिट एरिना रंगशालामा सम्पन्न खेलमा जर्मनीले ७–१ गोलको जित निकालेको हो।

जितका लागि जर्मनीका रोविन गोसेन्स, इल्के गुन्डोगन, थोमस मुलर, सर्ज गन्याब्री, टिमो वार्नर र लेरोय सानेले समान १–१ गोल गरे।यता लाट्भियाका रोबर्टस् ओजोल्सले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफमै जर्मनीले पाँच गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा डिफेन्सिभ देखिएको लाट्भियाले थप दुई गोलको सामना गर्‍यो। यता खेलको ७५ औं मिनेटमा लाट्भियाका अलेक्सेजस सवेलजिभ्सले सान्त्वना गोल फर्काएका थिए।

युरो कप २०२१ को तयारीमा रहेको जर्मनीले यो जितसँगै अहिलेको आफ्नो टिम निकै बलियो रहेको प्रमाण पेस गरेको छ।

खेलको ७५ प्रतिशत समय बलमा पकड बनाएको जर्मनीले लाट्भियाविरुद्ध २४ प्रहार गरेको थियो, जसमध्ये ९ प्रहारले पोस्टतर्फको गति लिएका थिए।

प्रकाशित: Jun 08, 2021| 01:33 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।