बुधबार, माघ ७, २०८२

विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित

जोर्डनका लागि बाह फैजलले दुई गोल गरे भने यजन अल–अरबले एक गोल गरे। सुरुबाटै दबाबमा रहेको नेपाली टिमका डिफेन्डर रोहित चन्दले जोर्डनका फरवार्ड मौसा मोहमद सुलेमानमाथि फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- कुवेतमा जारी फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट खेलअन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले जोर्डनसँग ०-३ गोलको हार व्यहोरेको छ।

National life

पहिलो लेगेको खेलमा पनि ३-० गोलको हार व्यहोरेको नेपाल कुवेतको जाबेर हल–अहमद रंगशालामा भर्खरै सम्पन्न रिर्टन लेगको खेलमा पनि सोही अन्तरमा पराजित भएको हो।

जोर्डनका लागि बाह फैजलले दुई गोल गरे भने यजन अल–अरबले एक गोल गरे। सुरुबाटै दबाबमा रहेको नेपाली टिमका डिफेन्डर रोहित चन्दले जोर्डनका फरवार्ड मौसा मोहमद सुलेमानमाथि फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो।

खेलको २३औं मिनेटमा पेनाल्टीमा पाएको अवसरलाई पोस्टको वायाँ साइडमा प्रहार गर्दै जोर्डनका बाह फैजलले अग्रता बनाएका थिए। त्यस्तै खेलको इन्ज्युरी समयमा जोर्डनका मौसाले नै नेपालका पुजन सिवाकोटी र अनन्त तामाङलाई पछि पार्दै प्रहार गरेको बल भने पोस्टबाहिर गएको थियो। त्यसबाहेक जोर्डनका सबै प्रहार गोलकिपर किरण चेम्जोङको हात पुगेर रोकियो।

दबाबमा रहेको नेपाली टिमले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरे पनि फरवार्डमा भने सम्झनलायक मुभ बनाउन सकेन्। दोस्रो हाफमा नवयुग श्रेष्ठ र मनिष डाँगीले प्रतिस्पर्धिलाई आक्रमण गर्न खोजे पनि सफल हुन सकेनन्।

Laxmi sunrise bank
kumari

जोर्डनले पुनः दोस्रो हाफको सुरुमै गोल गर्‍यो। ४८औं मिनेटमा फैजलले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यस्तै, ६७औं मिनेटमा इहसन हद्दादको क्रसमा यजन अल–अरबले हेडमार्फत् गोल गरेपछि नेपालल तीन गोलले पछि परेको थियो। ०–३ गोलको जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। उसले बाँकी खेलमा पनि जित निकाल्न सके विश्वकपको तेस्रो चरणमा स्थान बनाउन सक्नेछ।

यता एसिया कप छनोटको सम्भावनाको बाटो हेरिरहेको नेपालका लागि अब एक मात्र बाटो भनेको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनु हो। जुन नेपाली टिमका लागि अत्यन्तै कठिन कार्य हुनेछ।

पहिलो लेगको खेलमा नेपाल अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो भने जोर्डनसँग ३–० गोलको हार व्यहोरेको थियो। नेपालले पछिल्लो खेलमा चाइनिज ताइपेईसँग दुवै लेगको खेलमा जित निकालेको थियो भने कुवेतसँगको दुवै लेगको खेलमा हार व्ययरेको थियो।

नेपालले जित निकाल्न नसकेको अवस्थामा एसिया कप छनोटमा पुग्नका लागि प्ले अफको खेल खेल्नुपर्ने छ।

प्रकाशित: Jun 07, 2021| 18:03 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।