बुधबार, माघ ७, २०८२

विश्वकप छनोट : पहिलो हाफमा जोर्डनले लियो एक गोलको अग्रता

कुवेतको कुवेत सिटीस्थित जाबेद अल–अहमद रंगशालमा भइरहेको खेलमा जोर्डनले २३औं मिनेटमा पेनाल्टीमार्फत् जोर्डनले अग्रता लिएको हो। जोर्डनका बाहा फैजलले गोल गरेका हुन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार भइरहेको खेलको पहिलो हाफमा नेपालविरुद्ध जोर्डनले एक गोलको अग्रता लिएको छ। 

National life

कुवेतको कुवेत सिटीस्थित जाबेद अल–अहमद रंगशालमा भइरहेको खेलमा जोर्डनले २३औं मिनेटमा पेनाल्टीमार्फत् जोर्डनले अग्रता लिएको हो। जोर्डनका बाहा फैजलले गोल गरेका हुन्।

नेपालका रोहित चन्दले जोर्डनका खेलाडीलाई फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। पोस्टको बायाँ साइडमा प्रहार गर्दै फैजलले जोर्डनलाई अग्रता दिलाएका हुन्।

४० डिग्री तापक्रम रहेको मैदानमा पहिलो कुलिङ ब्रेकअघि नै पाहुना टिमले अग्रता बनायो। अत्यधिक गर्मीका कारण केही खाडी मुलुकमा हुने फुटबलमा कुलिङ ब्रेक दिने गरिएको छ।

त्यस्तै खेलको इन्ज्युरी समयमा जोर्डनका मौसाले नै नेपालका पुजन सिवाकोटी र अनन्त तामाङलाई पछि पार्दै प्रहार गरेको बल भने पोस्टबाहिर गरएको थियो। त्यसबाहकका जोर्डनका सबै प्रहार गोलकिपर किरण चेम्जोङको हात पुगेर रोकिएको थियो।

Laxmi sunrise bank
kumari

लगातार दबाब महसुस गरेको नेपाली टिमले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यता नेपालले फरवार्डमा भने सम्झनलायक मुभ बनाउन सकेन। 

नेपालले फिफा विश्वकप २०२२ छनोटअन्तर्गत जोर्डनसँगको पहिलो लेगको खेलमा ३-० गोलको हार व्यहोरेको थियो।

जोर्डनविरुद्ध त्यसघिको एक खेलमा नेपालले ९–० गोलको हार बेहोरेको थियो भने अर्को खेलमा १–१ गोलको बराबरी खेलेको थियो।

विश्वकप छनोटको समूह बीमा रहेको नेपालको ६ अंक छ भने जार्डनको १० अंक छ। नेपालले जोर्डनभन्दा एक खेल धेरै खेलेको छ।

प्रकाशित: Jun 07, 2021| 16:44 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।