बिहीबार, असार २५, २०८३

यस्तो छ जोर्डनविरुद्ध नेपालको प्लेइङ ११

प्रशिक्षक अब्दुल्लाह अलुमताईरीले आज (सोमबार) जोर्डनसँगको खेलका लागि नेपाली टिमको प्लेइङ सेट सार्वजनिक गरेका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- प्रशिक्षक अब्दुल्लाह अलुमताईरीले आज (सोमबार) जोर्डनसँगको खेलका लागि नेपाली टिमको प्लेइङ सेट सार्वजनिक गरेका छन्।

उनले ४–३–३ को फर्मेसनमा नेपाली टिम उतार्ने भएका छन्। आजको खेल कुवेतको जाबेद अल–अहमद रंगशालमा पौने १० बजे सुरु हुँदैछ।

आजको खेलमा फरवार्ड सुमन लामा, अभिषेक रिजाल र अन्जन विष्टले सुरुवाती अवसर पाएका छन् भने मिडफिल्डमा सुमन आर्याल, पुजन उपरकोटी र सन्तोष तामाङ रहने छन्।

त्यस्तै नेपालको डिफेन्स लाइन रोहित चन्दसहित अनन्त तामाङ, विकास खवास र दिनेश राजवंशीले सम्हाल्ने छन्। नेपालले फिफा विश्वकप २०२२ छनोटअन्तर्गत जोर्डनसँगको पहिलो लेगको खेलमा ३–० गोलको हार बेहोरेको थियो।

जोर्डनविरुद्ध त्यसघिको एक खेलमा नेपालले ९–० गोलको हार बेहोरेको थियो भने अर्को खेलमा १–१ गोलको बराबरी खेलेको थियो।

विश्वकप छनोटको समूह बीमा रहेको नेपालको ६ अंक छ भने जार्डनको १० अंक छ। नेपालले जोर्डनभन्दा एक खेल धेरै खेलेको छ।

प्रकाशित: Jun 07, 2021| 15:00 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।