शुक्रबार, कात्तिक २८, २०८२

सुशान्त प्रकरण : के साराले रियासँग गाँजा र भोड्का सेयर गरेकी थिइन्? 

तर यतिखेर यही मुद्दासँग जोडिएको रियाको अचम्ममा पार्ने बयान सार्वजनिक भएको छ, जसले बलिउडलाई फेरि एकपल्ट तताएको छ। रियाले आफ्नो बयानमा अभिनेत्री सारा अली खानको नाम पनि लिएको खबरले बलिउडलाई तताएको हो। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

मुम्बई- बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको विषयमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषधको प्रयोगबारे अनुसन्धान गरिरहेको छ। यो अनुसन्धानमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पनि जोडिएकी छन्। रियामाथि सुशान्तलाई लागुऔषध किनिदिएको आरोप लागेको छ।

National life

तर यतिखेर यही मुद्दासँग जोडिएको रियाको अचम्ममा पार्ने बयान सार्वजनिक भएको छ, जसले बलिउडलाई फेरि एकपल्ट तताएको छ। रियाले आफ्नो बयानमा अभिनेत्री सारा अली खानको नाम पनि लिएको खबरले बलिउडलाई तताएको हो। 

खबरअनुसार रियाले एनसीबीलाई दिएको बयानमा साराले आफूसँग 'ड्रग्स अफर' गरेको खुलाएकी छिन्। रियाको बयानअनुसार साराले उनलाई गाँजा र भोड्का अफर गरेकी थिइन्। ‘जी न्यूज’लाई प्राप्त चार्जसिटमा यसबारे खुलेर बताइएको छ। बयानमा रियाले साराले नै हातले रोल गरेर गाँजाको सिगरेट बनाउने गरेको खुलाएकी छिन्। बयानका क्रममा रिया र साराबीचको ४ जुनदेखि ६ जुन २०१७ सम्मको च्याटको विवरण पनि समावेश गरिएको छ। खबरअनुसार सारा गाँजाको सिगरेट रियासँग पनि सेयर गर्थिन्।

रियाले आफ्नो बयानका क्रममा साराले ‘ह्याङओभर’को उपचारबारे दिएको टिप्स पनि खुलाएकी छिन्। उनले भनेकी छिन्, ‘एकपटक ड्रग्सलाई लिएर कुराकानी भइरहेका बेला रियाले ह्याङओभरको उपचारबारे बताएकी थिइन्। उनी आइसक्रिम र गाँजाबारे बताइरहेकी थिइन् र मलाई पनि पीडाबाट निस्कनका लागि प्रयोग गर्न सुझाएकी थिइन्। तर, यो कुरा केवल म्यासेजमा मात्र हुन्थ्यो, व्यक्तिगत रुपमा कहिल्यै यसबारे बातचित भएन।’

एक समय अभिनेत्री साराले आफ्नो डेब्यू फिल्मताका उनका को–स्टार सुशान्तसँग डेट गरिरहेको चर्चा पनि थियो। उनीहरुबीच अफेयरको चर्चा मात्रै थिएन, सँगै बिदा मनाउन पनि गएका थिए। तर, केही समयपछि उनीहरुबीच ब्रेकअप भयो। 

Laxmi sunrise bank
kumari

सुशान्त पछि रियासँग नजिक भए। त्यसैले सुशान्तको मुद्दामा लागुऔषधको दृष्टिबाट अनुसन्धान हुँदै गर्दा एनसीबीले सारासँग पनि सोधपुछ गरेको थियो। एनसीबीले आफ्नो पहिलो चार्जसिट दर्ता पनि गरिसकेको छ जहाँ रिया, उनका भाइ शौविकसहित ३३ जनालाई आरोपी बनाइएको छ।

प्रकाशित: Jun 07, 2021| 09:16 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्