बिहीबार, असार २५, २०८३

फेन्च ओपनबाट बाहिरिए रोजर फेडेरर र सेरेना विलियम्स 

स्विस टेनिस स्टार रोजर फेडेरले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन्। घुँडाको चोटका कारण फेडेररले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- स्विस टेनिस स्टार रोजर फेडेरले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन्। घुँडाको चोटका कारण फेडेररले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन्।

घुँडाको दोहोरो शल्यक्रियापछि ६ खेल खेलेका फेडेररको चोट बल्झिने भएपछि उनले प्रतियोगिताको बीचबाटै आफ्ना नाम फिर्ता लिएका हुन्।

‘मेरो शरीरलाई सुन्नु अत्यावश्यक छ। दुई शल्यक्रिया र वर्ष दिन लामो रिहाबपछि मेरो शरीरको चाल बुझ्न आवश्यक छ,’ चौथो राउन्डमा पुगेका फेडेररले भने, ‘अब म आफैंलाई दबाब दिन सक्दिनँ।’

उनले चौथो चरणमा आज इटालियन मात्तेओ बेरेतिनीसँग प्रतिस्पर्धा गर्ने तय थियो। ‘मैले मेरो टिमसँग निर्णय गर्दै प्रतियोगिताबाट नाम फिर्ता लिने भएको छु,’ उनले भने।

यता २१ वर्षे एलिना रिबकिनासँग पराजित हुँदै ३९ वर्षे अमेरिकी टेनिस स्टार सेरेना विलियम्स प्रतियोगिताबाट बाहिरिएकी छन्।

फ्रेन्च ओपनको चौथो चरणको खेलमा सेरेना रिबकिनासँग ६–३, ७–५ को सेटमा पराजित भएकी हुन्। महिलातर्फ विश्व वरियताको शीर्ष १० मा रहेका खेलाडीमध्ये सेरेना मात्र फ्रेन्च ओपनमा खेलिरहेकी थिइन्।

उनी पनि अर्को चरणमा पुग्नबाट बञ्चित भएपछि अब फ्रेन्च ओपनमा महिलातर्फ शीर्ष १० वरियताका खेलाडी बाँकी छैनन्। साथै २३ ग्राण्ड स्लमको उपाधि जितकी सेरेनाले २४ पटक उपाधि जित्दै मार्गरेटको विश्व रेकर्डसँग बराबरी गर्ने अवसर पनि गुमाएकी छन्।

अब उनलाई रेकर्ड बराबरी गर्ने अवसर २८ जुनबाट सुरु हुने विम्बल्डन मा पनि प्राप्त हुनेछ। तर उनले २०१७ को अष्ट्रेलियन ओपन यता कुनै उपाधि जितेकी छैनन्।

‘मैले रेकर्डको बारेमा सोचेको छैन। खेलको बाँकी पक्षमा सोचिरहेको छु तर त्योबारे सोचेको छैन,’ उनले हारपछि प्रतिकृया दिइन्।

प्रकाशित: Jun 07, 2021| 03:48 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।