बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरो कप सुरु हुन आठ दिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोरोना संक्रमण

युरो कप सुरु हुन आठ दिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोरोना संक्रमण

स्पेनको राष्ट्रिय फुटबल टिमका कप्तान सर्जियो बस्क्वेटलाई कोरोना संक्रमण भएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- स्पेनको राष्ट्रिय फुटबल टिमका कप्तान सर्जियो बस्क्वेटलाई कोरोना संक्रमण भएको छ। युरोपको महादेशीय फुटबल युरो कप सुरु हुनुभन्दा आठ दिन पूर्व बस्क्वेटलाई कोभिड-१९ पोजिटिभ देखिएको हो।

बार्सिलोनाका मिडफिल्डरलाई कोरोनाभाइरस संक्रमण देखिएपछि स्पेनको आगामी मंगलबार हुने लिथुनियाविरुद्धको सिनियर टिमको मैत्रीपूर्ण खेल रोकिएको छ।

यता उनीबाहेक टिमका बाँकी सबै खेलाडीको रिपोर्टमा कोभिड-१९ संक्रमण देखिएको छैन। अहिले ३२ वर्षे बस्क्वेट आइसोलेसनमा छन्।

अब लिथुनियाविरुद्ध खेलमा स्पेनको यू–२१ टिमले खेल्ने स्पेनिस फुटबल फेडेरेसनले बताएको छ। जसका लागि आयोजकले खेलको बिक्री भएको टिकटको रकम फिर्ता गरिरहेको छ भने खेल हेर्न चाहनेलाई छुटमा टिकट उपलब्ध गराएको छ।

युरो कपमा स्पेनले आउँदो जुन १४ को दिन घरेलु मैदान सेभिल्लीमा स्विडेनसँग खेल्ने छ। उसले समूह चरणको बाँकी खेलमा पोल्यान्ड र स्लोभाकियासँग खेल्ने छ।

प्रकाशित: Jun 07, 2021| 02:48 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।