बिहीबार, असार २५, २०८३

लुकाकूको गोलमा बेल्जियमको जित

फरवार्ड रोमेलु लुकाकूले पहिलो हाफमा गोल गरेपछि बेल्जियमले क्रोएसियामाथि जित निकालको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- फरवार्ड रोमेलु लुकाकूले पहिलो हाफमा गोल गरेपछि बेल्जियमले क्रोएसियामाथि जित निकालको छ।

आइतबार राति सम्पन्न बेल्जियम र क्रोएसियाको मैत्रीपूर्ण खेलमा बेल्जियमले जित निकालेको हो।

बेल्जियमले ५१ प्रशितल र क्रोएसियाले ४९ प्रतिशत समय बलमा नियन्त्रण बनाएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका तर्फबाट कुनै खेलाडीले गोल गर्नसकेनन्।

खेल अवधिभर पोस्टनजिकै आठ प्रहार गरेको क्रोएसियाको कुनै प्रहारले नेट चुम्न सकेन्। यता लुकाकुले ३७औं मिनेटमा गोल गरेपछि भने बेल्जियमले क्रोएसिया माथि दबाब बनाएको थियो।

यो जितसँगै बेल्जियम युरो कप तयारीमा बलियो देखिएको छ। उसले ग्रिससँगको पछिल्लो मैत्रीपूर्ण खेलमा भने १–१ गोलको बराबरी गरेको थियो।
अब बेल्जियमले युरो कपमा जुन १२ मा रसियासँग खेल्दैछ।

प्रकाशित: Jun 07, 2021| 02:15 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।