बिहीबार, असार २५, २०८३

मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डको संघर्षपूर्ण जित

युरो कप २०२१ को तयारीमा रहेको इंग्ल्यान्डले आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा साँघुरो जित निकालेको छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं– युरो कप २०२१ को तयारीमा रहेको इंग्ल्यान्डले आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा साँघुरो जित निकालेको छ। 

इंग्ल्यान्डमा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिम रोमानियालाई १–० गोलले हराएको हो।

इंग्ल्यान्डको जितका लागि मार्कस रासफर्डले पेनाल्टीमार्फत् गोल गरेका थिए। खेलको ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाएको इंग्ल्यान्डले पहिलो हाफमा कुनै गोल गर्न सकेन्।

तर, खेलको ६८औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि त्यसको सदुपयोग गर्दै घरेलु टिमले अग्रता बनायो। त्यसको १० मिनेटपछि पाएको दोस्रो पेनाल्टी भने जेम्स हेन्डरसनले सदुपयोग गर्न सकेनन्।

यसबाहेक अन्य गोल हुन नसक्दा इंग्ल्यान्डले १–० गोलको जित निकालेको हो। खेल अवधिभर इंग्ल्यान्डले गोलपोस्ट नजिक १९ प्रहार गर्यो भने रोमानियाँले १३ प्रहार गरेको थियो।

प्रकाशित: Jun 07, 2021| 02:03 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।