बिहीबार, कात्तिक २७, २०८२

ज्यानमारा मालगाठ तुइन, २८ वर्षमा २६ को मृत्यु

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीया जयसिंह धामी मालगाठ तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको खबरले राष्ट्रिय ध्यान खिचिरहेको छ। सो मालगाठको तुइन ज्यान लिने तुइँनका रुपमा वर्षौंदेखि रहिरहेको जनप्रतिधिनिले बताएका छन्।
 |  बुधबार, साउन २०, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, साउन २०, २०७८

धनगढी– साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीया जयसिंह धामी मालगाठ तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको खबरले राष्ट्रिय ध्यान खिचिरहेको छ । सो मालगाठको तुइन ज्यान लिने तुइँनका रुपमा वर्षौंदेखि रहिरहेको जनप्रतिधिनिले बताएका छन् ।

National life

हालसम्म जयसिंह धामीसँगै मालगाठमा तुइन तर्ने क्रममा बेपत्ता र मृत्यु हुनेको संख्या १० पुगेको र २०५० साल यता राप्ला क्षेत्रमा तुइन तर्ने क्रममा २६ जनाले ज्यान गुमाइसकेको व्यास गाउँपालिका प्रवत्ता तथा वडा नम्बर २ का अध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

‘राप्ला क्षेत्रका १० ठाउँका तुइनले २८ वर्षमा २६ जनाको मृत्यु भइसकेको छ,’ बुढाथोकीले भने, ‘जयसिंह बेपत्ता भएको मालगाठमा मात्र यसअघि ९ जनाको ज्यान गइसकेको छ ।’

तल्ला दुम्लिङ, घाटी बगड, तल्लाफतंगाढ खोला, कल्जु तुइन, बिन्दला तुइन र गोठान दुम्लिङमा रहेका तुइन तर्ने क्रममा १६ जनाले ज्यान गुमाइसकेको उनले बताए ।

तुइन तर्ने क्रममा ज्यान गुमाएकाहरु व्यास गाउँपालिका वडा नम्बर २ का सीता बुढाथोकी, हिमशीखा बुढाथोकी, जयसिंह बुढाथोकी, बरुसिंह बुढाथोकी, लक्ष्मी भण्डारी (बुढाथोकी), विनिता बुढाथोकी, बिरासिंह ठगुन्ना र कैलाश लामा (हुम्ला) ले तल्ला दुम्लिग तुइन तर्ने क्रममा ज्यान गुमाएको अध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

Laxmi sunrise bank
kumari

गोठाला दुम्लिग तुइनमा ढुङ्गा लागेर विमला जोहारीले ज्यान गुमाएको पनि उनले बताए । तुइन तर्ने क्रममा वडा नम्बर २ का जसपाल लोहार, देवसिंह धामी, इन्द्रसिंह धामी, भवानसिंह धामी, कुशलसिंह बुढाथोकी, बसन्ती कामी (आमा), रोहित कामी (छोरी) आवती बुढाथोकी (बोतगाउँ), जसपाल लोहार, शम्बु धामी, धर्मसिंह धामी, नमनसिंह धामी, सुक्कु गव्र्याल (भण्डारी) र जयसिंह धामी तथा वडा नम्बर ३ का मनविरसिंह धामी, जानकी धामी, भवानीसिंह धामी, भपेन्द्रसिंह कुँवर, किम्मा धामीले ज्यान गुमाएको उनले बताए ।


प्रकाशित: Aug 04, 2021| 09:22 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।