सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपको पहिलो 'हाईप्रोफाइल' खेल: र्पोचुगल भर्सेस स्पेन, को कति बलियो ?

विश्वकपको पहिलो 'हाईप्रोफाइल' खेल: र्पोचुगल भर्सेस स्पेन, को कति बलियो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस-  फिफा विश्वकप प्रतियोगिताको पहिलो हाइप्रोफाइल खेलको रुपमा लिइएको पोर्चुगल र स्पेनबीचको भिडन्त नेपाली समय अनुसार शुक्रबार राति ११:४५ हुने भएको छ । ती दुवै टिम विश्वकप २०१८ को उपाधीका लागि दाबेदारका मानिन्छन् । 

केही दिन अघिमात्रै पोर्चुगाली प्रशिक्षण फर्नाल्डो सान्तोषका चार खेलाडीले स्पोर्टिङ लिस्वोनसंगको सम्झौता रद्द गरेका छन् । त्यो भन्दा ठुलो घटना विश्वकपको पुर्वसन्ध्यामा स्पेनले आफ्ना मुख्य प्रशिक्षक जुलेन लोपेटगुईलाई पदबाट बर्खास्त गर्यो । लगत्तै उनको स्थानमा फर्नान्डो हियरोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरियो । 

दुवै टोलीको लक्ष्य प्रतियोगिताको पहिलो खेलमा सुखद नतिजा आत्मसाथ गर्नु हुनेछ । पोर्चुगल र स्पेन मुख्य प्रतियोगितामा चौथो पटक आमने सामने हुन लागेका हुन् ।

यता युरोपेली महारथी पोर्चुगलको सारा भरोसा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा अल्झिएको छ । आधुनिक फुटबलका उम्दा खेलाडी मानिने रोनाल्डोलाई समेत विश्वकपको ट्रफीसंगै करियरको सुखद अन्त्य गर्ने अवसर छ ।

दुई बर्ष अगाडी फ्रान्सलाई पराजित गरेको पोर्चुगल युरोपेली च्याम्पियन हो । ३३ बर्षिया रोनाल्डो करियरकै उत्कृष्ट लयमा छन् । उनले अझै लामो समय फुटबल खेल्नेछन् । रोनाल्डोका लागि करियरको उपयुक्त बाटो भनेको विश्वकपको पहिलो खेलमा छिमेकी प्रतिद्धन्दीलाई हराउनुनै हुनेछ । 

स्पेन
२०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा स्पेनले पहिलो उपाधी हात पारेको हो । सबै प्रतियोगितामा दुई टिमले ३५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा स्पेनले १६ र पोर्चुगलले ६ खेलमा जीत हात पारेको छ । 

विश्वकपका लागि स्पेनको टिम



गोलकिपर्स : डेविड डि हेया, पेपे रैना, किपा एरिजाबालागा ।
डिफेन्डर्स : डानी क्रभाजल, अलभारो ओडरिओजोला, जेरारर्ड पिके, सेर्गीयो रमोस, नाको, सिजर आजफिच्युटा, जोर्डी अल्बा, नाको मोनरियल, सेरगियो बस्क्यूइत्स।
मिल्डफिल्र्डस : साउथ ल निग्वेज, कोकि, थिएगो अल्कन्तरा, आन्द्रोइनेस्था, डेभिड सिल्भा, इस्को, मार्को एसेनसिओ, 
फवाडर्स : लुकास भास्वेज, लागो अस्पास, रोडरिगो मोरीनो, डिएगो कोस्टा 

र्पोचुगल
सन् १९९६ मा पहिलो पटक विश्वकपमा भाग लिएका र्पोचुगल यस पटक भने स्पेन विरुद्ध खेल्दैछ । यो खोल रोचक  हुने सम्पुर्ण फ्यानहरुको अनुमान रहेको छ । 
र्पाचुगलका चर्चीत र बेष्ट खेलाडी रोनाल्डोले ब्यालुन डिओरको पछिल्लो १० संस्करणमा संयुक्त रुपमा राज गरेका छन् । 

विश्वकपका लागि पोर्चुगलको टिम


गोलकिपर्स : एन्टोनी लुपेस, बेटो, रुइ प्याट्रिको 
डिफेन्डर्स : ब्रुनो आल्भज, के्रड्रिरिक सोर्स, जोसे फोनटे, मारियो रुई, पेपे, राफेल गोरिरो रिचार्डो पेरेरिया, रुबेन डिएस 
मिडफिल्डर : एन्ड्रिरेन सिल्भा, ब्रुनो फरनानडेज, जोओ मारियो, जोओ माउन्टिनो, म्यानुयल फर्नान्डेज, विलियम कल्भाहो 
फर्वाडर्स : बर्माडो सिल्भा, क्रिस्टियानो रोनाल्डो, जेलसन मार्टिन, गोनकालो ग्युएडस्, रिमार्डो क्वारेस्मा 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।