बिहीबार, असार २५, २०८३

रोजर फेडेररले पनि फ्रेन्च ओपनबाट नाम फिर्ता लिन सक्ने

स्वीस टेनिस खेलाडी रोजर फेडेररले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिन सक्ने बताएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– स्वीस टेनिस खेलाडी रोजर फेडेररले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिन सक्ने बताएका छन्।

यदि खेलका क्रममा घुँडामा थप चोटको सम्भावना देखिए फेडेररले प्रतियोगिताबाट नाम फिर्ता लिनसक्ने बताएका हुन्।

पछिल्लो आइतबारको खेलमा फेडेररले डोमिनिक कोइपफरविरुद्ध साढे तीन घण्टाको खेलमा जित निकालेका थिए। जुन उनको घुँडाको दोहोरो शल्यक्रियापछिको छैटौं खेलसमेत थियो।

अब ३९ वर्षे फेडेररले सोमबार अन्तिम १६ को खेलमा म्याथ्यु बेरेट्टिनीसँग खेल्नुपर्ने छ। तर उनले खेलअघि नै भनेका छन्, ‘आरामका लागि उपयुक्त समय हेरेर म खेल अघिसम्ममा खेल्ने वा नखेल्नेबारे निर्णय लिनेछु।’

फेडेरर पुरुषतर्फ २० पटकका ग्राण्डस्लाम विजेता पनि हुन्। उनले गत आइतबारको खेलमा जर्मनीका कोइपफरविरुद्ध जित निकालेका थिए।

विश्व टेनिस वरियताको आठौं स्थानमा रहेका फेडेररले अहिले गत वर्षको जनवरीयता तेस्रो प्रतियोगिता खेल्दैछन्। र, उनले अब विम्बल्डन प्रतियोगिताको लागि फिट रहन रेस्ट गर्नुपर्ने जनाएका छन्। विम्बल्डन जुन अन्तिममा सुरु हुँदैछ।

उनले सोमबार प्रतिस्पर्धा गर्ने बेरेट्टिनि रोनाल्ड ग्यारोजमा पहिलो पटक अन्तिम १६ मा पुगेका हुन्। फ्रेन्च ओपनका यसअघि जापानी स्टार नाओमी ओसाकाले पनि आफ्नो नाम फिर्ता लिएकी थिइन्।

प्रकाशित: Jun 06, 2021| 08:38 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।