शुक्रबार, कात्तिक २८, २०८२

बलिउड अभिनेता दिलिपकुमार अस्पताल भर्ना

बलिउडका दिग्गज कलाकार दिलिपकुमार अस्पताल भर्ना भएका छन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं - बलिउडका दिग्गज कलाकार दिलिपकुमार अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई शनिबार मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको होे।

National life

दिलिपकुमारकी श्रीमती सायरा बानोले श्वासप्रश्वासमा समस्या देखिएपछि दिलिपलाई अस्पताल भर्ना गरिएको बताएकी छन्। 

बलिउडका पुराना अभिनेता दिलिपकुमार ८९ वर्षका भए। उनले कोरोना भाइरसका कारण दुई भाइ असलम  खान र  एहसान खान गुमाएका छन्। दिलिपकुमार श्रीमती सायरासँग क्वारेन्टिनमा थिए। 

दिलिपकुमारको जन्म ११ डिसेम्बर १९२२ मा पाकिस्तानमा भएको थियो। उनको वास्तविक नाम युसुफ खान हो। बलिउड यात्राका बेला उनले आफ्नो नाम दिलीपकुमार राखेका थिए।

दिलिपकुमारले फिल्म ज्वारभाटाबाट बलिउड डेब्यू गरेका थिए। उनले हिन्दी सिनेमा क्षेत्रलाई मुगल ए आजम, नयाँ दौर, कोहिनुर, राम और श्याम जस्ता चर्चित फिल्म दिएका थिए। 

Laxmi sunrise bank
kumari

उनको अन्तिम फिल्म ‘किल’ थियो।

 

प्रकाशित: Jun 06, 2021| 07:09 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्