बिहीबार, असार २५, २०८३

विश्वकप छनोटमा इक्वेडरविरुद्ध ब्राजिलको जित

फिफा विश्व कप २०२२ अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरलाई हराएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं - फिफा विश्व कप २०२२ अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरलाई हराएको छ। शनिबार बिहान सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले इक्वेडरलाई २–० गोलअन्तरले हराएको हो।

खेलको अधिकतम समय बललाई नियन्त्रणमा राखे पनि ब्राजिलले पहिलो हाफमा भने गोल गर्न सकेन। रिचार्लिसनले खेलको ६५ औं मिनेटमा अग्रता बनाएपछि ब्राजिलले पाहुना टिमविरुद्ध दबाब थपेको थियो।

ब्राजिलले खेल अवधिभर १६ सुट प्रहार गर्दा सात पटक पोस्टको दिशामा परेको थियो। एकबाहेक बाँकी प्रहार खेर गएका थिए। तर, खेलको इन्ज्युरी समयमा फरवार्ड नेयमारले पेनाल्टीमार्फत् अर्को गोल थपेपछि ब्राजिलले दुई गोलको अग्रताका साथ खेल जित्यो।

यो जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोट समूहको शीर्ष स्थानमा छ। उसले पाँच खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्षस्थानमा रहेको हो। समान पाँच खेलबाट तीन जित र दुई बराबरीको सामना गरेको अर्जेन्टिनाको ११ अंक छ।

ब्राजिलसँग पराजित इक्वेडर ९ अंकका साथ तेस्रो स्थानमा छ भने पराग्वे चौथो स्थानमा छ।

प्रकाशित: Jun 05, 2021| 03:37 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।