बिहीबार, असार २५, २०८३

मैत्रीपूर्ण खेलमा इटालीको सानदार जित

युरो कप २०२१ को तयारीमा रहेको इटालीले शुक्रबार राति सम्पन्न खेलमा चेक रिपब्लिकमाथि सानदार जित निकालेको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- युरो कप २०२१ को तयारीमा रहेको इटालीले शुक्रबार राति सम्पन्न खेलमा चेक रिपब्लिकमाथि सानदार जित निकालेको छ। इटालीको रेनाटो डल’एरा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले चेक रिपब्लिकलाई ४–० गोलअन्तरले हराएको हो।

इटालीको जितका लागि सिरो इमोबाइल, निकोलो ब्यारेला, लोरेन्जो इन्सिग्नी र डोमेनिको बेरार्डीले गोल गरेका थिए।

खेलको २३ औं मिनेटमा इमोबाइल र ४२ औं मिनेटमा ब्यारेलाले गोल गरेपछि पहिलो हाफमा इटालीले दुई गोलको अग्रता बनायो। दोस्रो हाफमा पनि दुई गोल थप्दै ४–० गोलअन्तरको जित निकाल्यो भने इटालीले चेक रिपब्लिकसँग क्लिन सिट राख्यो।

खेलमा ३७ प्रतिशत समय मात्र बलमा नियन्त्रण राख्न सफल चेक रिपब्लिकले इटालीको पोस्टमा आक्रमण गर्न सकेन। उसका ९ प्रहार नै पोस्ट बाहिर गएका थिए।

यता इटालीले लगातार दबाब बनाउँदै खेल जित्यो।

प्रकाशित: Jun 05, 2021| 01:44 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।