बिहीबार, वैशाख २०, २०८१

आजबाट प्रसारण हुँदै ‘द भ्वाइस अफ नेपाल’को नकआउट शृंखला

कार्यक्रमका कोच प्रमोद खरेलले बिहीबारबाट नकआउट शृंखला प्रसारण हुने जानकारी दिएका छन्। ‘आजबाट हामीहरु नक आउटका नया शृङ्खलाहरु लिएर आउदै छौँ। महागुरु कोच दीपको स्वास्थ्यमा क्रमिक सुधार आइ रहेको हुँदा यो साता र अर्को साता शुक्रबार मात्र नक आउटका २ नयाँ शृंलाहरू प्रशारण हुने छन्। त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौँ,’ उनले फेसबुकमा लेखेका छन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- कोरोना महामारीका कारण स्थगित भएको गायन रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल–३’ को नयाँ  शृंखला शुक्रबार (आज)बाट प्रसारण हुने भएको छ। शोसँग आबद्ध केही प्रतिस्पर्धी र तीन जना कोचलाई कोरोना संक्रमण देखिएपछि शोको प्रशारण २ साताअघि रोकिएको थियो।

triton college

कार्यक्रमका कोच प्रमोद खरेलले बिहीबारबाट नकआउट शृंखला प्रसारण हुने जानकारी दिएका छन्। ‘आजबाट हामीहरु नक आउटका नया शृङ्खलाहरु लिएर आउदै छौँ। महागुरु कोच दीपको स्वास्थ्यमा क्रमिक सुधार आइ रहेको हुँदा यो साता र अर्को साता शुक्रबार मात्र नक आउटका २ नयाँ शृंलाहरू प्रशारण हुने छन्। त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौँ,’ उनले फेसबुकमा लेखेका छन्। 

कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यक्रमको नियमित प्रसारण स्थगित भएको थियो। प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् भने दीप श्रेष्ठको उपचार जारी छ।  शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको थियो।

प्रकाशित: Jun 04, 2021| 12:09 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्