बुधबार, माघ ७, २०८२

विश्वकप छनोट : इन्डियामाथि लगातार दबाब बनाउँदै कतारको जित

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इन्डिया पराजित भएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं - फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इन्डिया पराजित भएको छ।

National life

कतारको दोहास्थित जसिम बिन हमद रंगशालामा सम्पन्न फुटबल खेलमा कतारले लगातार दबाब बनाउँदै १–० गोलको जित निकालेको हो।

खेलको ३३ औं मिनेटमै कतारका ए. हाटेमले गोल गरेपछि घरेलु टिमले अग्रता बनाएको थियो। यससँगै दोस्रो हाफमा कुनै गोल नभएपछि एक गोलको अग्रताका साथ कतारले खेल जित्यो।

यता खेलको १७ औं मिनेटमै इन्डियाका राहुल भेखेले रातो कार्ड पाएपछि ऊ १० खेलाडीमा समेटिएको थियो। त्यसको फाइदा उठाउँदै ७५ प्रतिशत समय बलमा पकड बनाएको कतारले ३८ प्रहार गरेको थियो भने १० प्रहार पोस्टमै अट्याम्प्ट गरेको थियो।

इन्डियाले भने खेल अवधिभर २५ प्रतिशत समय मात्र बलमा नियन्त्रण राख्यो र एक मात्र प्रहार गर्न सक्यो।

Laxmi sunrise bank
kumari

विश्वकप छनोटमा यी टिमले निकाले जित:

बंगलादेश १-१ अफगानिस्तान

इरान ३-१ हङकङ

नेपाल २-० चाइनिज ताइपेई

बहराइन ८-० कम्बाेडिया

युनाइटेड अरब इमिरेट्स ४-० मलेसिया

थाइल्यान्ड २-२ इन्डोनेसिया

कतार १-० इन्डिया

प्यालेस्टिन ४-० सिंगापुर

अष्ट्रेलिया  ३-० कुवेत

*सामग्रीमा भएका तथ्य फरक पर्न गएकोमा यसलाई पुनर्सम्पादन गरिएको छ - सम्पादक

प्रकाशित: Jun 04, 2021| 01:54 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।