बिहीबार, असार २५, २०८३

चाइनिज ताइपेईविरुद्ध नेपालको जित

पहिलो हाफको एक र दोस्रो हाफको एक गोलसँगै नेपालले ६ खेलमा दोस्रो जित निकालेको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले हराएको छ। कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको हो।

खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै र नेपाललाई अग्रता दिलाएका थिए। नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताईपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो।
पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनायो। 

खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा पहिलो हाफमा नेपाल १–० गोलले अघि रह्यो। दोस्रो हाफमा पनि चाइनिज ताइपेईलाई दबाब बनाएको नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो।

खेलको ७९औं  मिनेटमा युवा फरवार्ड मिनस डाँगीले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। तर त्यसको केही मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले गोल गरे। त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने श्रेष्ठले खेलको ८२औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए। ८६औं मिनेटमा नवयुगको हेडर पोस्टनजिकैबाट बाहिरिएको थियो।

पहिलो हाफको एक र दोस्रो हाफको एक गोलसँगै नेपालले ६ खेलमा दोस्रो जित निकालेको छ। चाइनिज ताइपेईकै मैदानमा भएको पहिलो लेगको खेलमा नेपालले २–० गोलको जित निकालेको थियो।

सो खेलमा नेपालको दुवै गोल फरवार्ड विष्टले नै गरेका थिए। यससँगै विष्टले तीन गोल चाइनिज ताइपेई र एक गोल इराकविरुद्ध गरेर कूल चार अन्तराष्ट्रिय गोल गर्न सफल भएका छन्।

आजको जितसँगै नेपालले विश्वकप छनोटको 'समूह बी'मा ६ अंक बनाएको छ। ६ अंकसँगै चौथो स्थानको नेपाल शीर्षस्थानको अष्ट्रेलियाभन्दा ६ अंक पछि छ भने दोस्रो र तेस्रो स्थानका  जोर्डन र कुवेतभन्दा चार अंकले पछि छ। चाइनिज ताइपेई अंकविहीन छ।

प्रकाशित: Jun 03, 2021| 17:56 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।