काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार जारी खेलको पहिलो हाफमा चाइनिज ताइपेईविरुद्ध नेपालले एक गोलको अग्रता बनाएको छ। खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
नेपाली टिमले प्रहार गरेको फ्री किकलाई चाइनिज ताइपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रो मिनेटमै पेनाल्टी पाएको थियो।पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनाएको हो।
खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा नेपालले अग्रता कायम राखेको छ।