शुक्रबार, कात्तिक २८, २०८२

शाहरुख खानले अस्वीकार गरेका यी १० फिल्म, जुन सुपरहिट भए

शाहरुख खानले अस्वीकार गरेका यी १० फिल्म, जुन सुपरहिट भए
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

१) कहो ना प्यारे हे
‘कहो ना प्यार हे’ को मुख्य पात्र रोहितका लागि सुरुमा शाहरुखलाई छानिएको थियो। शाहरुखले अस्वीकार गरेपछि यही फिल्ममार्फत ऋतिक रोशनलाई बलिउडमा डेब्यु गराइएको थियो। ‘कहो ना प्यार हे’ का निर्माता तथा निर्देशक ऋतिककै बुबा राकेश रोशन हुन्।

National life

२) लगान
लगानका लागि पनि शाहरुखलाई नै अफर गरिएको थियो। उनले अस्वीकार गरेपछि आमिर खानले मुख्य भूमिका निर्वाह गरे। कथा मन परेपछि आमिरले यसमा लगानी पनि गरे। 

३) जोधा अकबर
निर्माता–निर्देशक आशुतोष गोवारीकरले जोधा अकबरको मुख्य पात्र अकबरको भूमिकाका लागि शाहरुखलाई लिन चाहेका थिए। तर उनको अफर शाहरुखले स्वीकार गरेनन्। आफूले परिवारसँग समय बिताउन चाहेको भन्दै शाहरुखले अफर अस्वीकार गरे। यो भूमिकामा ऋतिक रोशन देखिए।

४) मुन्नाभाइ एमबीबीएस
फिल्मको मुख्य पात्र मुन्नाका लागि सञ्जयलीला भन्सालीको पहिलो रोजाइमा थिए शाहरुख। सञ्जय भने मुन्नाको साथीको रुपमा प्रस्तावित थिए। तर शाहरुखले मुख्य रोल अस्वीकार गरेपछि सञ्जयले नै त्यो मौका पाए।

५) रंग दे बसन्ती
शाहरुखले अस्वीकार गरेको अनि आमिरले खेलेर सुपरहिट भएको अर्को फिल्म हो रंग दे बसन्ती। राकेश ओमप्रकाश मेहराको एउटा सम्झनलायक हो यो फिल्म।

Laxmi sunrise bank
kumari

६) थ्री इडियट्स
निर्माता–निर्देशक राजकुमार हिरानीले शाहरुखलाई अफर गरेको पहिलो फिल्म थियो थ्री इडियट्स। यो फिल्मको मुख्य पात्र जुन आमिरले गरेका छन्, त्यसका लागि शाहरुखलाई अफर गरेका थिए हिरानीले। 

७) रोबोट
तमिल निर्देशक शंकरले रोबोटको चिटी र वासीका लागि शाहरुखलाई अफर गरेका थिए। शाहरुखले चाख नदेखाएपछि यो रोल साउथ इन्डियन सुपरस्टार रजनीकान्तले गरे। 

८) एक था टाइगर
एक था टाइगरको सुपर–स्पाइ रोलका लागि पनि शाहरुखलाई अफर गरेका थिए निर्देशक कबिर खानले। तर, आफ्नो अति व्यस्त समयतालिकाका कारण शाहरुखले यो अफर स्वीकार्न सकेनन्। सलमान खान स्टारर एक था टाइगर १०० करोडको आँकडा पार गर्दैै सुपरहिट बन्यो। 

९) स्लमडग मिलेनियर
यो फिल्ममा शो होस्टको रोल गर्न शाहरुखलाई अफर गरिएको थियो। शाहरुखले अस्वीकार गरेपछि अनिल कपुरले उक्त रोल गरेका थिए। 

१०) तारे जमीन पर
आमिर खान स्टारर अर्को सुपरहिट फिल्म जुन सुरुमा शाहरुखलाई अफर गरिएको थियो, त्यो हो तारे जमीन पर। स्क्रिप्ट निकै मन परेपछि आमिर यो फिल्मको सहनिर्माता र सहनिर्देशक समेत बने। 

सूचना स्रोत : भारतीय सञ्चारमाध्यम
 

प्रकाशित: Jun 03, 2021| 15:49 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्