बिहीबार, असार २५, २०८३

पाकिस्तान सुपर लिग जुन ९ बाट सुरु गर्ने तयारी

प्रतियोगिताका ६ दिन दुई खेल हुनेछन् जसमा सुरुको खेल स्थानीय समय अनुसार ५ बजे र दोस्रो खेल ८ बजे हुनेछ। विभिन्न देशबाट खेल्ने खेलाडीले अब यूएईमा १० दिन अनिवार्य क्वारेन्टिन बसेर मात्र प्रतियोगिता खेल्न पाउने छन्।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- कोभिड-१९ को महामारीको कारण बीचमै रोकिएको छैटौं सिजनको पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट आउँदो जुन ९ बाट यूएईमा सुरु गर्ने तयारी थालिएको छ। जुन ९ बाट प्रतियोगिता सुरु गरेर २४ जुनमा फाइनल खेल अबुधाबीमा गर्ने पाकिस्तान क्रिकेट लिगको योजना छ।

प्रतियोगिताका ६ दिन दुई खेल हुनेछन् जसमा सुरुको खेल स्थानीय समय अनुसार ५ बजे र दोस्रो खेल ८ बजे हुनेछ। विभिन्न देशबाट खेल्ने खेलाडीले अब यूएईमा १० दिन अनिवार्य क्वारेन्टिन बसेर मात्र प्रतियोगिता खेल्न पाउने छन्।

यता पाकिस्तानबाट प्रतियोगिता खेल्नका लागि यूएई पुगेका खेलाडी र अफिसियलको क्वारेन्टिन अवधि जुन २ तारिकमा नै सकिएको छ।

यसअघि प्रतियोगिता जुन ५ तारिकबाट सुरु गर्ने भनिए पनि अनुमति स्थानिय सरकारले अनुमति समयमै नआएपछि ढिलाई भएको हो। यूएईको सरकारले प्रतियोगिताका लागि अनुमति दिन ढिलाई गरेपछि पछिल्ला दुई हप्ताबाट प्रतियोगिता हुने वा नहुनेबारे शंकाहरु पैदा भएका थिए।

प्रकाशित: Jun 03, 2021| 14:51 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।