शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • महामारीबाट प्रभावित फिल्म प्राविधिकलाई सहयोग जुटाउन स्वस्तिमाको अभियान

महामारीबाट प्रभावित फिल्म प्राविधिकलाई सहयोग जुटाउन स्वस्तिमाको अभियान

स्वस्तिमाले आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई समेत सहयोगका लागि आग्रह गरेको र उनीहरुले त्यसमा प्रतिबद्धता जनाएको बताएकी छन्। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- फिल्म क्षेत्र ठप्प भएपछि कामविहीन भएका प्राविधिकहरुको पीडामा मल्हम लगाउन कलाकारहरु जुट्न थालेका छन्। अमेरिकामा रहेका पुराना कलाकारहरुसमेत अहिले फिल्म प्राविधिकलाई सहयोग गरिरहेका छन्। 

National life

र, यही अभियानमा अभिनेत्री स्वस्तिमा खड्का पनि थपिएकी छिन्। उनले हालै एक भिडियो सन्देश जारी गर्दै अप्ठेरोमा परेका फिल्म प्राविधिकका लागि सहयोग जुटाउन सबैसँग आग्रह गरेकी छिन्।  

‘फिल्म भन्नेवित्तिकै हामी कलाकार, निर्माता, निर्देशकमात्रै सोच्छौँ,’ स्वस्तिमाले भनेकी छन्, ‘तर, पर्दापछाडि धेरैको हात हुन्छ। र, पहिलेजसरी फिल्म नबन्दा आज ती प्राविधिकहरुलाई निकै गाह्रो भइरहेको छ। चलचित्र प्राविधिक संघका अध्यक्षसँग कुराकानी गर्दा उहाँले १०० जना जति प्राविधिकलाई निकै गाह्रो भएको बताउनुभयो। आउनुस्, उनीहरुका लागि सहयोग जुटाउन सबैजना सबै ठाउँबाट जुटाैँ।’

स्वस्तिमाले आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई समेत सहयोगका लागि आग्रह गरेको र उनीहरुले त्यसमा प्रतिबद्धता जनाएको बताएकी छन्। 

स्वस्तिमाले यतिखेर फिल्म प्राविधिकमा पनि सबैभन्दा ठूलो समस्यामा स्पटब्वायहरु रहेको बताएकी छन्। ‘उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ। त्यसकारण उहाँहरुको पैसा बचत हुँदैन। फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु। उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया/खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ। यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि त्यो ठूलो हुन्छ,’ उनले भनेकी छन्।

Laxmi sunrise bank
kumari

स्वस्तिमाले प्राविधिकहरुलाई सहयोग गर्न चाहनेले इसेवा आइडी ९८४१०१७७६४ या कुमारी बैंकको डिजिटल क्यूआर कोर्डमार्फत् सहयोग पठाउन सक्ने बताएकी छन्।

स्वस्तिमाकाे आग्रह

प्रकाशित: Jun 03, 2021| 10:52 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्