बुधबार, माघ ७, २०८२

‘कतार विश्वकप २०२२’ का लागि यस्तो छ नेपालको छनोट यात्रा

समूह ‘बी’ मा रहेको नेपाल एक खेलमा मात्र जित निकालेर समूहको चौथो स्थानमा छ। उसले चाइनिज ताइपेइविरुद्ध मात्र जित निकालेको हो।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय टिमका प्रशिक्षक योहान कालिनको रणनीतिमा विश्वकप छनोटका पाँच खेल खेलेको नेपाली टिमले गएको चैतमा नयाँ प्रशिक्षक पाएको थियो, कुवेतका अब्दुल्लाह अलमुताइरी।

National life

अलमुताइरीको प्रशिक्षणमा आज (बिहीबार) नेपाली टिमले पहिलो पटक फिफा विश्वकप छनोट र एसिया कप छनोटअन्तर्गत रिटर्न लेगको खेल खेल्दैछ। अलमुताइरीले नयाँ रणनीतिका साथ नेपाली फुटबललाई अघि बढाउने, आक्रामक फुटबल खेलाउने बताएका छन्। उनको रणनीतिमा आज नेपाली युवा टिमले चाइनिज ताइपेइको सामना गर्दैछ।

पहिलो लेगको खेलमा घरेलु मैदानमै ताइपेइलाई हराएको नेपाल आजको खेलका लागि केही ढुक्क छ। तर, वरीयतामा नेपालभन्दा अघि रहेको ताइपेइ नेपालका लागि ‘थ्रेट’ हो।

समूह ‘बी’ मा रहेको नेपाल एक खेलमा मात्र जित निकालेर समूहको चौथो स्थानमा छ। उसले चाइनिज ताइपेइविरुद्ध मात्र जित निकालेको हो। समूह चरणका चार खेलमा जित निकालेको अष्ट्रेलिया शीर्ष समूहको स्थानमा छ। अष्ट्रेलियाबाहेक सबै देशले पाँच खेल खेलिसकेका छन्।

पाँच खेलबाट कुवेत १० अंकसहित दोस्रो स्थानमा हुँदा जोर्डन समान १० अंकसँगै तेस्रो स्थानमा छ। दुवै राष्ट्रको समान तीन जित एक हार र एक बराबरी छ। चाइनिज ताइपेईले हालसम्म कुनै खेलमा पनि जित निकालेको छैन।

Laxmi sunrise bank
kumari

नेपालका यसअघिको खेल

एसियन क्वालिफायरमा यसअघि नेपालले कुवेतसँग ७ गोलको सामना गरेको थियो। त्यस्तै, जोडर्नसँग तीन गोलले पछि परेको नेपाल अष्ट्रेलियासँग ५ गोलले हारेको थियो।

जारी क्वालिफायरको पहिलाले खेलमा नेपालले कुवेतसँग ७ गोलको सामना गरेको थियो। चाइनिज ताइपेइसँग भने नेपालले २–० को गोल अन्तरले जित निकाल्दै पराजयको शृंखला तोड्यो। तर, अन्य राष्ट्रविरुद्ध नेपालले एक गोल पनि स्कोर गर्न सकेको छैन। 

नेपाल र कुवेतको खेल (नेपालले ७–० ले हार बेहोरेकाे)

नेपालले विश्वकप छनोटको पहिलो खेलमै ठूलो हार बेहोरेको हो। कुवेतमै भएको खेलमा नेपालले पहिलो हाफमा दुई मात्र गोल सामना गरे पनि दोस्रो हाफमा पाँच गोलको सामना गरेको थियो।

कुवेतका लागि युसुफ नासरले छैटौं र ५० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, फहद अल हजारी, अब्दुल्लाह मावी, बदर अल–मुतवा, रेधा अबुजाबरह र हुसैन अल–मुसावीले गोल गरेका थिए।

नेपाल र अष्ट्रेलिया  (नेपाल ५–० गोलले पराजित)

अष्ट्रेलियासँगको अवे खेलमा ज्यामी म्याकलरेनले छैटौं, १९ औं र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। त्यस्तै, नेपालविरुद्ध ह्यारी सुट्टरले २३ औं मिनेटमा गोल गरे। यता नेपालका  दिनेश राजवंशीले ५९ औं मिनेटमा आत्मघाती गोल गरेपछि नेपालले हार बेहोरेको थियो।

नेपाल र जोर्डनबीचको खेल (नेपाल ३–० गोलअन्तरले पराजित)

५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जोर्डनका फिरास शिल्बयले सुरुवाती अग्रता बनाएका थिए। ७८ मिनेटमा मोहम्मद अल डिमइराइको पासमा अहमद एर्सिनले दोस्रो गोल गरे। अन्तिम मिनेटमा डिमराइकै पासमा ९ नम्बरे बाहा फिसलले अन्तिम गोल गरे। नेपालको तर्फबाट कुनै प्रहार पोस्टभित्र छिर्न सकेन।

चाइजित ताइपेईविरुद्ध २–० गोलअन्तरको जित

खेलको तेस्रो मिनेटमै अञ्जन विष्टले हेडमार्फत गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको नेपालले दोस्रो हाफमा पनि गोल गर्यो। खेलको ६३ औं मिनेटमा विष्टले नै गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। यससँगै जारी छनोटमा नेपालले पहिलो जित निकालेको थियो।

नेपाल र कुवेतको दोस्रो खेलमा १–० गोलको हार

नेपालको दशरथ रंगशाला तयार नभएर एसियाली फुटबल महासंघले नेपाललाई घरेलु मैदानमा खेल गराउन अनुमति नदिएपछि नेपाली टिमले भुटानमा होम गेम खेलेको थियो।

पछिल्लो खेलमा कुवतेविरुद्ध सात गोलको सामना गरेको नेपाललाई रिटर्न लेगमा निकै दबाब भए पनि नेपालले सम्हालिएर खेल्न सकेको थियो। २०१९ को नोभेम्बरमा रिटर्न लेगको पहिलो खेल खेलेपछि नेपालले आज मात्र खेल्दैछ। सो खेलमा कुवेतका बडर अल मुतवाले २८ औं मिनेटमा गोल गरेका थिए।

फिफाले सर्वजनिक गरेका दोस्रो चरणमा सहभागी राष्ट्रहरू

विश्वकपमा एसियाबाट ५ राष्ट्र र कतार

४० राष्ट्र सम्मिलित एएफसी विश्वकप एसियन क्वालिफायरबाट छानिएका पाँच राष्ट्र विश्वकपमा सहभागी बन्न पाउने फिफाको व्यवस्था छ। यसमा आयोजक राष्ट्र भने सम्मिलित छैन। आउँदो विश्वकप २०२२ एसिया (कतार)मा हुन लागेकाले एसियाबाट आउँदो विश्वकपमा पहिलो पटक सबैभन्दा धेरै ६ टोली सहभागी बन्नेछन्।

यद्यपी, समूह ई मा रहेको कतार समूहको शीर्ष स्थानमै छ। दोस्रो राउन्डको जारी खेलपछि तेस्रो राउन्डको खेलबाट विश्वकपमा भाग लिने राष्ट्रको टुंगो लाग्ने छ।

विभिन्न समूहबाट कसरी छानिन्छन् टिम ?

अहिले एसियाली छनोटमा नेपालसहित ४० टिम सहभागी छन्। ती टिमलाई सबै समूहमा ५–५ टोली रहने गरी आठ समूहमा विभाजन गरिएको छ।

ती सबै समूहका विजेता छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन्। त्यस्तै, विजेता आठ टोलीसँगै आठ समूहमध्येका उत्कृष्ट चार उपविजेताको पनि छनोट गरिनेछ। र, ती चार उत्कृष्ट उपविजेतासहित १२ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन्।

तेस्रो चरणमा सम्मिलित १२ टिमलाई ६–६ टिमको समूहमा बाँडिनेछ। र, राउन्ड रोविन शैलीमा खेल गराइने छ। त्यो खेलबाट छानिएका विजेता र उपविजेताले विश्वकप खेल्न पाउनेछन्। साथै ती दुई समूहमध्ये तेस्रो स्थानमा रहेको (दुईमध्ये धेरै अंक ल्याउने वा उत्कृष्ट) एक टिमले पनि विश्वकप खेल्नेछन्।

यसरी एसियाबाट पाँच राष्ट्र छनोट हुनेछन्। यदि यी टिमहरुमा कतार परेमा छैटौं एक टिमले विश्वकप खेल्ने अवसर पाउनेछ। किनभने आयोजक राष्ट्रका हिसाबले कतारलाई विश्वकपमा सहभागी बन्न छनोटको आवश्यकता पर्दैन।

विश्वकपको उद्घाटन खेल हुने कतारको अल रियन रंगशाला, फिफा

विश्वकप छनोटमा आजका खेलः

बंगलादेश र अफगानिस्तान
इरान र हङकङ
नेपाल र चाइनिज ताइपेइ
बहराइन र कम्बोडिया
युनाइटेड अरब इमिरेट्स र मलेसिया
थाइल्यान्ड र इन्डोनेसिया
इन्डिया र कतार
प्यालेस्टाइन र सिंगापुर
अष्ट्रेलिया र कुवेत
 

प्रकाशित: Jun 03, 2021| 12:02 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।