शुक्रबार, कात्तिक २८, २०८२

राजेश हमालको सुझाव- समाचारमा धेरै समय खर्च नगर्नुस् 

अभिनेता राजेश हमालले निषेध आदेशको समयमा आम जनतालाई मानसिक रुपमा स्वास्थ्य रहन सुझाएका छन्।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- अभिनेता राजेश हमालले निषेध आदेशको समयमा आम जनतालाई मानसिक रुपमा स्वास्थ्य रहन सुझाएका छन्। बिहीबार एक भिडियो सार्वजनिक गर्दै उनले मानसिक रुपमा आफूलाई सकारात्मक र ताजा राख्न केही टिप्ससहित यस्तो सुझाएका हुन्। 

National life

‘हामी सबैलाई थाहा छ कि पछिल्लो डेढ वर्षयता कोभिड–१९ बाट विश्व आतंकित छ,’ भिडियोमार्फत् उनले भनेका छन्, ‘अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखापरेको अवस्था छ। र, हामी सबैजना लकडाउनमा छौं। र, यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही असामान्य प्रभाव पर्न सक्छ। त्यसैले यसमा असाध्यै होसियार हुन जरुरी छ। ’

त्यसपछि उनले आफ्नो मनलाई हलुका राख्न र सकरात्मक बनाइराख्न आफूलाई इच्छा लागेको कार्य गर्न सुझाएका छन्।

‘परिवारका सदस्यसँग रमाइला कुराहरु गर्नुस्, जोक्सहरु भन्ने गर्नुस्, हँसिमजाक गरिरहनुस् , बगैँचामा घुम्नुस्, मेडिटेसन गर्नुस्, व्यायाम गर्नुस्, पुस्तक पढ्नुुस्, लेखनमा रुचि भए मनका कुरा लेख्नुस्, जसरी हुन्छ आफूलाई व्यस्त बनाइराख्नुस्। तर, समाचारमा धेरै समय नखर्चिनुहोला। खाली सूचनाका लागि एउटा स्रोतमा केही समयमात्रै खर्च गर्नुहोला,’ उनले सुझाएका छन्।

भिडियो

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 03, 2021| 09:25 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्