बिहीबार, वैशाख २०, २०८१

लकडाउनमा घुम्न निस्किएका टाइगर र दिशाविरुद्ध एफआईआर दर्ता

कोरोना नियम उल्लंघन गरेको आरोपमा बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध ‘एफआईआर’ दर्ता भएको छ। उनीहरूविरुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

कोरोना नियम उल्लंघन गरेको आरोपमा बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध ‘एफआईआर’ दर्ता भएको छ। उनीहरूविरुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो।

triton college

नवभारत टाइम्सको खबरअनुसार मंगलबार उनीहरूलाई मुम्बईमा कारमा घुमिरहेको प्रहरीले देखेको थियो। लकडाउनका बेला किन घुमेको भन्ने प्रश्नको दुवैले उचित कारण दिन नसकेपछि उनीहरूविरुद्ध लकडाउन उल्लंघन गरेको आरोपमा कारबाही अघि बढाइएको हो।

कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागु गरिएको लकडाउन महाराष्ट्रमा जुन १५ सम्म लम्ब्याइएको छ। यसैअन्तर्गत मुम्बईमा दिउँसको २ बजेपछि बिनाकारण निस्कन प्रतिबन्ध लगाइएको छ। यदि, २ बजेपछि बिनाकारण घुमिरहेको भेटिए आईपीसीको धारा १८८ अन्तर्गत कारबाही गरिनेछ। 

खबरअनुसार टाइगर र दिशाले प्रहरीसँग घुम्नुको कारणबारे केही बताएनन्। कारमा दिशा अगाडीको सिटमा बसिरहेकी थिइन् भने टाइगर पछाडीको सिटमा। दुवैको आधार कार्ड चेक गरेपछि प्रहरी छाडिदिएको खबरमा उल्लेख छ।

प्रकाशित: Jun 03, 2021| 07:29 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्