बिहीबार, असार २५, २०८३

फ्रांन्स र इंग्ल्यान्डको जित, बराबरीमा रोकियो जर्मनी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा युरो कप २०२१ को तयारीमा रहेका फ्रांन्स, इंग्ल्यान्ड र जर्मनीले जित निकालेका छन्।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा युरो कप २०२१ को तयारीमा रहेका फ्रांन्स, इंग्ल्यान्ड र जर्मनीले जित निकालेका छन्।

फ्रान्सको एलिनाज रिभेरा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिम वेल्सलाई ३–० गोलले हराएको छ। फिफा विश्वकप विजेता फ्रान्सका लागि केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान  र ओउसमान डेम्बेलेले गोल गरेका थिए।

खेलको २५औं मिनेटमै वेल्सका नेको विलियम्सले रेड कार्ड पाएर १० खेलाडीमा समेटिएपछि फ्रान्सले दबाब बनाएको थियो।

बुधबार रातिकै अर्को खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई साँघुरो गोलअन्तरले हराएको छ। इंग्ल्यान्डको मिडल्स्ब्रुगस्थित रिभरसाईड रंगशालामाा बुकायो साकाले गोल गरेपछि इंग्ल्यान्डले दोस्रो हाफमा अग्रता बनाएको थियो।

पाहुना टिमबाट गोल सम्भव नभएपछि इंग्ल्यान्ड एक गोलले अघि रहँदै खेल जित्यो।

यता घरेलु मैदानमा जर्मनी भने डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको छ। जर्मनीका लागि फ्लोरियन नेउहास र डेनमार्कका युसुफ पोउलसेनले गोल गरेका थिए।

प्रकाशित: Jun 03, 2021| 01:11 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।