बुधबार, माघ ७, २०८२

विश्वकप छनोट : नेपाल चाइनिज ताईपेईसँग भिड्ने

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार नेपाली फुटबल टिमले रिटर्न लेगमा चाइनिज ताइपेईसँग खेल्दैछ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार नेपाली फुटबल टिमले रिटर्न लेगमा चाइनिज ताइपेईसँग खेल्दैछ।

National life

नेपालमा हुनुपर्ने दोस्रो लेगको खेल कोभिड–१९ को महामारीका कारण न्युट्रल भेन्यू कुवेतको जबर अल अहमद रंगशालामा हुँदैछ।

नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपाली खेलाडी जितको लक्ष्यसहित मैदान उत्रने छन्। ताइपेईमै भएको पहिलो लेगको खेलमा नेपालले घरेलु टिमलाई २–० गोलले हराएको थियो।

२०१९ सेप्टेम्बर १० मा ताइपेईविरुद्ध पहिलो लेगको खेलमा दुवै गोल फरवार्ड अन्जत विष्टले गरेका थिए। उनले यसअघि इराकविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका छन्।

इराकको खेल हेरेका नेपाली समर्थकले नेपालले सुधारिएको फुटबल खेलेको मानेका छन्। त्यसैले पनि आजको खेलमा नेपालले थप राम्रो प्रदर्शन गर्ने विश्वास गरिएको छ। अर्कातिर कोभिड–१९ को संक्रमणका कारण ताइपेईका केही खेलाडी मैदान उत्रन पाउने छैनन्।

Laxmi sunrise bank
kumari

‘हाम्रा केही महत्वपूर्ण खेलाडी कोभिड १९ को कारण हामीसँग छैनन्। र, मलाई लाग्छ नयाँ खेलाडीले राम्रो खेल्नेछन्,’ प्रि म्याच कन्फरेन्समा ताइपेईका प्रशिक्षक वोम का–नहुमले भनेका छन्।

नहुमले ताइपेईका खेलाडीलाई कुवेतको गर्मीसँग जुद्धन गाह्रो परेको पनि बताएका छन्। उनले यसलाई सबैभन्दा ठूलो चुनौति मानेका छन्।

यता नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि अत्याधिक गर्मीका कारण दुवै टिमको खेलमा प्रभाव पार्ने बताए। साथै उनले आफूले कम्तिमा चौथो स्थान हात पार्न पनि आजको खेल जित्नेपर्ने जनाएका  छन्।

‘हामी कम्तिमा पनि चौथो स्थान चहान्छौं, जसले हामीलाई एसियन कप छनोटमा पुर्‍याउन सक्छ। जसका लागि हामी अघि बढ्नेछौं,’ उनले भनेका छन्, ‘हामीसँग उत्कृष्ट युवा टिम छ जसलाई धेरै दबाब दिनु हुँदैन्।’

विश्वकप छनोटअन्तर्गत नेपाल समूह बीमा छ। समूह बीमा नेपालबाहेक विश्वकप खेलिसकेको अष्ट्रेलियासँगै जोर्डन र कुवेत पनि छन्। नेपालले कुवेतसँग भने दुवै लेगका खेल खेलिसकेको छ।

अब नेपालले जोर्डन र अष्ट्रेलियासँग जुन ७ र जुन ११ मा खेल्नेछ। अहिले तालिकामा चार खेल जितेको अष्ट्रेलिया शीर्षस्थानमा छ भने समान १० अंकका साथ कुवेत र जोर्डन दोस्रो र तेस्रो स्थानमा छन्। नेपालको तीन अंक छ भने अंकविहिन ताइपेई तालिकाको पुछारमा छ।

यी हुन् नेपाली टिमका खेलाडी

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित: Jun 03, 2021| 00:42 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।