शुक्रबार, कात्तिक २८, २०८२

‘घुमाउरो बाटो’ गीतमा परदेसिएका नेपालीको पीडा

गायक विवेक लुईटेलको स्वरमा ‘घुमाउरो बाटो’ गीत सार्वजनिक भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- गायक विवेक लुईटेलको स्वरमा ‘घुमाउरो बाटो’ गीत सार्वजनिक भएको छ। विवेक लुईटेलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतमा प्रफुल्ल केसीको शब्द र संगीत छ।

National life

युट्युबमा अपलोड भएको छोटो समयमै गीतले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको गायक लुईटेलले बताएका छन्।

यसअघि ल्याएको ‘घोप्टेभिर’ गीतबाट चर्चा कमाएका उनी अहिले उत्साहीसँगै थप गम्भीर पनि बनेका छन्। भन्छन्, ‘अब अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ, भविष्यमा पनि यो लय छाड्न हुँदैन।’ गीतलाई नेपाली लोकभाकामा ढालेर त्यसलाई मनोरञ्जकसँगै सन्देशमूलक पनि बनाउनु विवेकको विशेषता हो। घोप्टेभिरमा प्रस्ट देखिएको उनको यो शैली घुमाउरो बाटोमा आउँदासम्म पनि कायमै छ।

उनका अनुसार ‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेसिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदनाहरू छन्। नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छटपटी छ। 

म्युजिक भिडियोमा विप्लव कँडेल, आशिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारको अभिनय छ। बाबा हन्टर (सिजन कार्की) को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन्।

Laxmi sunrise bank
kumari

सिर्जना केसीले नृत्य निर्देशन गरेका छन्। भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो। गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन्।

 

प्रकाशित: Jun 02, 2021| 15:17 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्