बिहीबार, असार २५, २०८३

एन्सोलोटी ६ वर्षपछि रियल फर्किए

मुख्य प्रशिक्षक जिनेदिन जिदानेले क्लब छोडेपछि पूर्व मुख्य प्रशिक्षक कार्लो एन्सोलोटी रियल मड्रिडमा फर्किएका छन्।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं - मुख्य प्रशिक्षक जिनेदिन जिदानेले क्लब छोडेपछि पूर्व मुख्य प्रशिक्षक कार्लो एन्सोलोटी रियल मड्रिडमा फर्किएका छन्।

अनुभवी प्रशिक्षक एन्सोलोटीलाई मंगलबार राति स्पेनिस क्लब रियल मड्रिडले तीन वर्षको सम्झौतामा अनुबन्ध गरेको हो। सम्झौताअनुसार उनी सन् २०२४ सम्म रियलमा रहनेछन्।

इटालियन प्रशिक्षक एन्सोलोटीले यस पहिले पनि मड्रिडमा रहेर प्रशिक्षण गराइसकेका छन्। उनले २०१३ देखि २०१५ सम्म रियलमा बिताएका थिए।

६१ वर्षीय एन्सोलोटी तीनपटक च्याम्पियन्स लिग जित्ने तेस्रा प्रशिक्षकसमेत हुन्। मड्रिड र एसी मिलानबाट उनलाई सो सफलता मिलेको थियो। त्यसबाहेक उनले कोपा डेल रे, सुपर कप र फिफा क्लब विश्वकप पनि जितेका थिए।

त्यस्तै एन्सोलोटीसँग युभेन्टस्, मिलान, चेल्सी, पीएसजी, बायर्नमा पनि काम गरिसकेका छन्।

उनी पछिल्लो सिजन प्रिमियर क्लब एभर्टनमा थिए। एभर्टनमा रहँदा उनले रियलकै स्ट्राकर हामेस रोड्रिग्वेजलाई एभर्टनमा अनुबन्ध गरेका थिए।

यसअघिका प्रशिक्षक जिदानेले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सहयोग नगरेको भन्दै केही दिनअघि मात्र राजीनामा दिएका थिए। जिदानेको प्रशिक्षणमा रियल यो सिजन ला लिगाको दोस्रो स्थानमा थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलबाट बाहिरिएको थियो।

प्रकाशित: Jun 02, 2021| 03:48 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।