बिहीबार, वैशाख २०, २०८१

निरुता नोस्टाल्जिया : किन छाडेकी थिइन् फिल्म क्षेत्र? 

एक समय नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएकी अभिनेत्री हुन्, निरुता सिंह। करिब एक दशक उनी नेपाली फिल्ममा निकै सक्रिय भइन्। तर, यही सक्रियता र लोकप्रियताबीच सन् २००८ को अन्त्यतिर उनले सबैलाई अचम्मित बनाउने गरी फिल्म क्षेत्रबाट टाढिने निर्णय गरिन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– एक समय नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएकी अभिनेत्री हुन्, निरुता सिंह। करिब एक दशक उनी नेपाली फिल्ममा निकै सक्रिय भइन्। तर, यही सक्रियता र लोकप्रियताबीच सन् २००८ को अन्त्यतिर उनले सबैलाई अचम्मित बनाउने गरी फिल्म क्षेत्रबाट टाढिने निर्णय गरिन्।

triton college

त्यसपछि मुम्बई हानिएकी निरुता धेरै वर्षपछि फिल्म ‘दाल भात तरकारी’बाट अभिनयमा कमब्याक त भइन्, तर उसैगरी सक्रिय भने हुन सकिनन्। विश्व कोरोना महामारीले आक्रान्त भइरहेका बेला निरुता अचेल सिनेमासँग जोडिएका पुराना स्मृतिहरु सामाजिक सञ्जालमा साट्दै ‘नोस्टाल्जिक’ भइरहिन्छन्। 

पछिल्लो पटक उनले आफू अभिनित पुरानो हिट फिल्म ‘आफन्त’ का केही तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्दै फिल्मका दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई सम्झिएकी छिन्। 

‘हिजो जस्तै लाग्छ चलचित्र ‘आफन्त’को छायांकन गरेको। तर आज यो तस्बिर हेर्दा साह्रै दुःख लाग्छ,’ हाल दार्जिलिङमा रहेकी निरुताले नोस्टाल्जिक हुँदै लेखेकी छिन्, ‘यो तस्बिरमा देखिएका निर्देशक, कलाकार अनि प्राविधिक दाजुभाइमध्ये कतिजना आज हामीबीच हुनुहुन्न। श्रीकृष्ण दाइ, शिव रेग्मी दाइ अनि अरु प्राविधिक दाजुभाइहरु सबैलाई हामी यो जीवनभरि माया अनि याद गरिरहनेछौं। तपाईंहरुको कमी सधैंभरी खड्किरहने छ।’

पारिवारिक कथामा बनेको यो फिल्ममा दीलिप रायमाझी, विपना थापा, मिथिला शर्मा, सुनिल थापा लगायत कलाकारहरुको समेत अभिनय छ। 

corrent noodles
Metro Mart

किन छाडेकी थिइन् निरुताले फिल्म क्षेत्र?

अभिनय यात्रालाई बीच बाटोमै ‘ब्रेक’ दिएर मुम्बईतिर हानिएकोमा निरुतालाई कहिल्यै पछुतो लागेन। ‘जुन समयमा मैले छाडँे, त्यो समयमा मलाई छाड्न जरुरी थियो,’ उनले हामीसँग भनेकी थिइन्, ‘त्यो समयमा इन्डस्ट्रीको अवस्था एकदमै नराम्रो थियो। जस्तो मान्छे पनि दुई दिन सुटिङ हेरेको भरमा डाइरेक्टर। केही नगरेको, केही नजानेको मान्छे पनि रमाइलो र मस्तीका लागि मात्रै फिल्म बनाउँथे। माहोल नै त्यस्तो बनिसकेको थियो। त्यो देख्दा मलाई अति नै दुःख लाग्थ्यो। मलाई दर्शकले एकदमै धेरै माया दिएर एउटा उचाइमा पुर्‍याउनुभएको थियो। र, मैले त्यो माहोलमा काम गर्नु भनेको त्यो उचाइलाई तल झार्नुजस्तो मात्रै हुन्थ्यो। मलाई मेरो स्तर गिराउनु थिएन। त्यसैले मैले एउटा राम्रो उचाइमै भएको बेला इन्डस्ट्री छाड्ने निर्णय गरेकी थिएँ।’

खासमा निरुता सन् २००६ मै छाड्ने फिल्म क्षेत्र छाड्ने सोचमा थिइन्। तर, त्यतिबेला कतिपय फिल्मका सुटिङ बाँकी थिए, त्यसैले छाड्न सकिनन्। ‘सन् २००८ मा आइपुग्दा चाहिँ म मानसिक रुपमा फिल्म क्षेत्र छोड्न तयार भएँ। त्यसैले २००८ को डिसेम्बर २८ मा नेपाल छाडेर मुम्बई गएँ,’ निरुता सुनाउँछिन्।

निरुताले कहिल्यै सोचेकी थिइनन्, जीवनको यात्रामा कुनै दिन एकदमै सफल हुन्छु भनेर। पहिलो फिल्म ‘दक्षिणा’ मा काम गर्दा अभिनय उनका लागि रहरमात्रै थियो। यसैलाई पेशा बनाउनेबारे त कल्पनासम्म गरेकी थिइनन्। तर, पहिलो फिल्म नै सफल भएपछि उनमा फिल्मको अफर यसरी आउन थाल्यो कि उनी आफैँ चकित हुन्थिन्।

‘मलाई थाहा पनि हुन्थेन, मैले कसरी फिल्म पाइरहेको छु भन्ने,’ उनले भनेकी थिइन्, ‘यद्यपि, म कामप्रति पूरै समर्पित थिएँ, अनुशासित थिएँ। त्यसैले म के भन्छु भने यदि तपाईं सफल हुन चाहनुहुन्छ भने कामप्रति पूर्ण समर्पित र अनुशासित हुन एकदमै जरुरी छ। सटकट बाटो खोज्नेहरू कहिल्यै सफल हुन सक्दैनन्। म कहिल्यै सफलताको पछाडि दौडिनँ। मात्रै कामप्रति समर्पित भएँ। ६ बजे सुटिङ हुन्थ्यो भने बिहान ५ बजे नै उठेर तयार हुन्थेँ। एक मिनेट पनि ढिलो गर्न मन लाग्दैनथ्यो।’

सबै तस्बिर निरूताको फेसबुकबाट

प्रकाशित: Jun 01, 2021| 11:15 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्