शुक्रबार, कात्तिक २८, २०८२

'पार्च्ड' मा न्यूड सिन दिनुअघि के भनेकी थिइन् राधिका आप्टेले? 

आफ्ना फिल्महरूमा सशक्त भूमिका निर्वाह गर्ने अभिनेत्रीको सूचीमा पर्छिन्, बलिउडकी राधिका आप्टे। तैपनि अभिनयभन्दा ज्यादा फिल्ममा उनले दिएको न्यूड सिनको चर्चा भइदिन्छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

आफ्ना फिल्महरूमा सशक्त भूमिका निर्वाह गर्ने अभिनेत्रीको सूचीमा पर्छिन्, बलिउडकी राधिका आप्टे। तैपनि अभिनयभन्दा ज्यादा फिल्ममा उनले दिएको न्यूड सिनको चर्चा भइदिन्छ। 

National life

राधिकाले लीना यादवको निर्देशनमा बनेको फिल्म 'पार्च्ड'मा आदिल हुसेनसँग न्यूड सिन दिएकी थिइन्। फिल्म रिलिजताका यो सिनका कारण राधिका समाचारको ‘हेडलाइन’मा थिइन्। राधिकाले भनेअनुसार यो सिन गर्न उनलाई त्यति सहज थिएन। 

‘मेरो लागि यो न्यूड सिन गर्नु सहज थिएन किनभने त्यतिबेला म मेरो शरीरको इमेजलाई लिएर निकै चिन्तित थिएँ,’ राधिकाले न्यूज सीन दिँदाको प्रसंगबारे भनेकी छिन्, ‘यस्तो अवस्थामा न्यूड सिन दिनु मेरो लागि भयवाह अनुभव थियो। तर, अहिले मलाई मेरो बडी शेप र साइजप्रति गर्व छ त्यसैले अब म सहजै न्यूड सिन दिन सक्छु।’

राधिकासँग यो सिन आदिल हुसेनले दिएका थिए। इटाइम्ससँग कुरा गर्दै आदिलले भनेका छन्, ‘राधिका एक सशक्त कलाकार हुन्। मान्छेहरूले के बुझ्न जरुरी छ भने राधिकाले आफूलाई पुर्ण कलाकै लागि समर्पित गरिसकेकी छिन्। म र राधिकाजस्ता व्यक्तिहरूका लागि कलाले ठूलो अर्थ राख्छ, जति मान्छेहरूले के सोच्लान् भन्ने कुराले राख्दैन।’

Laxmi sunrise bank
kumari

आदिलले उक्त सिनबारे थप भनेका छन्, ‘म त्यो सिन दिनेक्रममा पुरै नाङ्गै थिएँ। मलाई यस्ता सीनहरूले तबसम्म समस्या हुँदैन जबसम्म त्यसलाई भद्दा तरिकाले देखाँइदैन। किनभने यस्ता सिनहरू मानव जीवनको उल्झनलाई देखाउनका लागि फिल्मांकन गरिन्छ। ’

यस्ता सिनहरूले घरकी श्रीमतीलाई कुनै समस्या पार्दैन भन्ने जिज्ञासामा आदिल भन्छन्, ‘अहँ, पार्दैन, जबकी यो सिनबारे सबैभन्दा पहिलो जानकारी नै मैले उनलाई दिएको थिएँ। त्यसको जवाफमा उनले भनेकी थिइन्, ‘मलाई विश्वास छ, यो सिन तिमीले पुरै राम्रोसँग निभायौं।’ मेरी श्रीमती मेरो प्रोफेसनलाई सम्मान गर्छिन् र उनलाई मप्रति विश्वास छ। हामी एकअर्कालाई थिएटरको सुरुवाती दिनबाटै जान्दछौं र उनलाई थाहा छ, म किन एक एक्टर हुँ।’

फिल्ममा जसरी कलाकारहरू हत्याराको भूमिका निर्वाह गर्छन्, लभमेकिङ सिनलाई पनि त्यसरी नै सहज हिसाबले लिनुपर्ने आदिल बताउँछन्। ‘लजाउनुको कारण नै के छ र ? के यो एक सय ३० करोड मान्छेहरूको देश होइन ? के यो त्यही धर्ती होइन जहाँ कामसूत्र लेखिएको थियो?,’ आदिल प्रश्न गर्छन्। 

'पार्च्ड'को त्यो न्यूड सिन खिच्नुअघि राधिका र आदिलवीच के कुराकानी भएको थियो? यो जिज्ञासामा आदिल भन्छन्, ‘मैले राधिकालाई तिम्रो ब्वाइफ्रेन्डको रिएक्सन कस्तो आउँछ भनेर सोधेको थिएँ। त्यसको जवाफमा राधिकाले उसको बिहे भइसकेको जवाफ फर्काएकी थिइन्। त्यसपपिछ राधिकाले मेरो पत्नीको सम्भावित प्रतिक्रियाबारे सोधिन् जसको जवाफमा मैले कुनै समस्या नहुने बताएको थिएँ।’ 

प्रकाशित: Jun 01, 2021| 07:15 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्