बुधबार, माघ ७, २०८२

‘मिडिया डिप्रेसन’मा जापानी स्टार ओसाका

विश्व महिला टेनिसकी दोस्रो वरीयताकी जापानी स्टार नाओमी ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं - विश्व महिला टेनिसकी दोस्रो वरीयताकी जापानी स्टार नाओमी ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन्।

National life

उनले मिडियामा बोल्नुपर्ने कारणले खेलाडीलाई धेरै मानसिक तनाव हुन्छ भन्दै ट्विट गरेको केही दिनमै सोही कारण ग्राण्डस्लामबाट नाम फिर्ता लिएकी हुन्।

उनले गएको आइतबारको ओपनिङ खेलमा पनि रोमानियाकी प्याट्रिका मारियालाई हराएपछि पोस्ट म्याचमा नबसेको भन्दै १५ हजार डलर जरिबाना तिर्नु परेको थियो। त्यही राति ओसाकाले सो काम दोहोर्‍याए प्रतियोगिताबाटै बाहिरिनु पर्ने चेतावनी आयोजकले दिएको थियो।

उनले सोमबार राति सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सत्य यो हो कि म यूएस ओपनको समयदेखि डिप्रेसनमा छु। र, मेरो लागि यो समय निकै कठिन छ।’

यता फ्रेन्च टेनिस फेडेरेसनका अध्यक्ष जिग्स मोरेटोनले ओसाकाले आफ्नो नाम फिर्ता दिनु दुर्भाग्य भएको बताए।

Laxmi sunrise bank
kumari

‘हामी नाओमीसँग माफी माग्दछौं र उनका लागि दुःखी छौं,’ उनले भने, ‘हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। र, अर्को वर्षको प्रतियोगितामा उनी उपस्थित हुने आशा गर्दछौं।’

अन्तर्मुखी स्वभावकी ओसाका उसै पनि मिडियामा बोल्न कमै रुचाउने गर्छिन्। उनले प्रतियोगिताअघि नै फ्रेन्च ओपनका बेला मिडियामा अभिव्यक्ति नदिने बताएकी थिइन्। तर, उनको साे अभिव्यक्तिको आलोचना हुँदै आएको थियो।

साथै प्रतियोगितालाई लिएर धेरै मानिसको ध्यान ओसाकातर्फ गएको थियो। त्यसबीच उनले सोमबारको ट्विटमा लेखेकी छन्, ‘मलाई लाग्छ प्रतियोगिता र अन्य खेलाडीको राम्रोको लागि मैले आफ्नो नाम फिर्ता लिएकी छु, जसले सबैलाई टेनिसतर्फ केन्द्रित गराउने छ।’

उनले आफू प्रतियोगिताको आकर्षण नबिगार्ने बताएकी छन्। ओसाको प्रतियोगिताको दौरान अरूसँग गफ गर्ने भन्दा पनि आफ्नै हेडफोनमा गीत सुन्न मस्त देखिने गरेकी छन्, जसले उनको सोसियल एन्जाइटी कम गर्ने बताएकी छन्।

‘जस्तो भए पनि टेनिस मिडियाले मलाई धेरै सहयोग गरेको छ र ती पत्रकारहरूसँग म माफी माग्न चहान्छु,’ उनले लेखेकी छन्, ‘म प्राकृतिक रुपमा सार्वजनिक वक्ता होइन र विश्व मिडियामा बोल्न मलाई डर लाग्छ।’

उनले मिडियामा बोल्दा नर्भस र तनाव हुने बताएकी छन्। जसले गर्दा मैले आफूले चाहेको जबाफ दिन नसकेको जनाएकी छन्। ‘यहाँ पेरिसमा पनि यस्तै भएको थियो। त्यसैले अहिले आफ्नै हेरचाह गर्नु ठिक रहने छ र प्रेसमा नजानु ठिक हुनेछ,’ उनले लखेकी छन्।

उनले यसअघि पनि टेनिसका कतिपय नियमहरू पुराना भइसकेकाे बताएकी थिइन्। उनले फ्रेन्च ओपनको आयोजकलाई पनि प्रतियोगिता सकिएपछि मात्र प्रेससँग कुरा गर्ने बताएकी थिइन्। र, त्यसका लागि माफी मागेकी थिइन्।

उनले अब केही समय टेनिसबाट बाहिर रहने निधो गरेकी छन्। तर, जब सही समय आउँछ तब खेलमा फर्कने उनको ट्विटमा उल्लेख छ।

 

प्रकाशित: Jun 01, 2021| 06:46 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।