बिहीबार, असार २५, २०८३

लुकाकु बने सिरी ए का ‘ओभरअल मस्ट भ्यालुएबल’ खेलाडी

इटालियन सिरी ए अन्तर्गत विभिन्न विधाको अवार्डमा इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले ओभरअल मस्ट भ्यलुएबल खेलाडीको अवार्ड जितेका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं - इटालियन सिरी ए अन्तर्गत विभिन्न विधाको अवार्डमा इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले ओभरअल मस्ट भ्यालुएबल खेलाडीको अवार्ड जितेका छन्।

उनले लिगको ओभरअलतर्फ मस्ट भ्यालुएबल खेलाडीको अवार्ड जितेका हुन्। लुकाकुसँगै मस्ट भ्यालुएबल फरवार्ड बनेका क्रिस्टियानो रोनाल्डो अहिले युराेपियन मिडियामा हेडलाइन बनेका छन्।

दुई सिजनअघि म्यानचेस्टर युनाइटेडबाट इन्टरमा पुगेका लुकाकु र २०१८ मा रियल मड्रिडबाट सिरी ए मा पुगेका रोनाल्डो पछिल्ला सिजनमा उत्कृष्ट बन्दै आएका छन्।

रोनाल्डोले यो सिजन लिगको सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गरेका छन्। उनले लिगभरि ३३ खेलमा सहभागिता जनाउँदै २९ गोल गरे।

यता लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर मिलानले उपाधि चुम्यो। उनले ३६ खेलबाट २४ गोल गरेका थिए भने ११ एसिस्ट गरे जसले उनलाई मस्ट भ्यालुएबल खेलाडी बनायो।

त्यस्तै लिगमा १४ क्लब सिट राखेका गियान्लुगी डोनारुम्मा उत्कृष्ट गोलकिपर बने। उनले सर्वाधिक ३७ खेल खेलेका थिए। त्यस्तै, क्रिस्टियन रोमेरु बेस्ड डिफेन्डर बने भने निकालो ब्यारेला बेस्ट मिडफिल्ड बने।

प्रकाशित: Jun 01, 2021| 03:32 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।