बिहीबार, असार २५, २०८३

अग्युरोले गरे बार्सिलोनासँग दुई वर्षको सम्झौता

दशक लामो खेल जीवनमा सिटीका सर्वाधिक गोलकर्ता अग्युरो बनेका छन्। त्यस्तै उनी प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने विदेशी खेलाडी हुन्। उनले सिटीका ३९० खेलबाट २६० गोल गरेका छन्। सिटीलाई १५ उपाधि जिताउन योगदान गरेका उनले पछिल्लो सिजनमा प्रिमियर लिगका च्याम्पियन बनाउन सहयोग गरेका थिए।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- अर्जेन्टिनाका सट्राइकर सर्जियो अग्युरो दुई वर्षको सम्झौतामा बार्सिलाना जाने भएका छन्। गएको मे २९ मा म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिग फाइनलमा सहभागी बनेर बेन्चमा सीमित अग्युरोको सिटीसँग सम्झौता समाप्त भएपछि उनले बार्सिलोनासँग सम्झौता गरेका हुन्।

म्याचेस्टर सिटीसँग १० वर्षको फुटबल यात्रा अन्त्य गरेसँगै ३२ वर्षे सट्राइकर स्पेनिस क्लब बार्सिलोनामा प्रवेश गरेका हुन्।

दशक लामो खेल जीवनमा सिटीका सर्वाधिक गोलकर्ता अग्युरो बनेका छन्। त्यस्तै उनी प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने विदेशी खेलाडी हुन्। उनले सिटीका ३९० खेलबाट २६० गोल गरेका छन्। सिटीलाई १५ उपाधि जिताउन योगदान गरेका उनले पछिल्लो सिजनमा प्रिमियर लिगका च्याम्पियन बनाउन सहयोग गरेका थिए।

अब उनी आफ्नो नजिकको साथी लियोनेल मेस्सीसँग क्याम्प नाउबाट खेल्नेछन्। मेस्सी र अग्युरो अर्जेन्टिनाको राष्ट्रिय टिमका नियमित सदस्यसमेत हुन्। यता स्पेनिस गिलमा बार्सिलोना पछिल्लो सिजन तेस्रो स्थानमा चित्त बुझाएको थियो।

एट्लेटिको मड्रिड र रियल मड्रिडभन्दा पछि परेको बार्सिलोनाले पछिल्लो सिजनको सुरुमा लुइस सुवारेजलाई सस्तैमा बेचेको थियो। 

प्रकाशित: May 31, 2021| 15:50 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।