बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिना पछि हटेपछि कोपा अमेरिका आयोजना गर्ने जिम्मा ब्राजिललाई

अर्जेन्टिना पछि हटेपछि कोपा अमेरिका आयोजना गर्ने जिम्मा ब्राजिललाई

दक्षिण अमेरिकी फुटबल महासंघ कोलमबोलले सोमबार प्रतियोगिता अर्जेन्टिनामा नहुने बताएको थियो। यसअघि प्रतियोगिता नै रद्द गर्ने प्रस्ताव आएपनि कोलमबोलले प्रस्ताव अस्वीकार गरेको थियो। सोमबार उसले ब्राजिलमा प्रतियोगिता हुने सूचना जारी गरेको हो।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- कोभिड १९ को संक्रमणको दर बढेपछि अर्जेन्टिनाले आयोजना गर्न नपाएको दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका अब ब्राजिलले आयोजना गर्ने भएको छ। यसअघि अर्जेन्टिनाले आयोजना गर्ने भनिएपनि त्यहा तीव्र रूपमा कोरोना संक्रमित बढेपछि सरकारले प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि ब्राजिलले कोपा अमेरिका आयोजना गर्ने भएको हो। 

योभन्दा पनि अघि कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको थियो। तर कोलम्बियामा प्रतियोगिता आयोजना गर्ने विषयमा चर्को विरोध भएपछि अर्जेन्टिना एक्लैले आयोजना गर्ने भएको थियो। अन्तमा अर्जेन्टिना पनि आयोजक हुनबाट पछि हटेको छ। पछिल्लो समय ‍अर्जेन्टिनामा दैनिक ३४ हजारको हाराहारीमा कोरोना संक्रमित बढ्न थालेका छन्। 

दक्षिण अमेरिकी फुटबल महासंघ कोलमबोलले सोमबार प्रतियोगिता अर्जेन्टिनामा नहुने बताएको थियो। यसअघि प्रतियोगिता नै रद्द गर्ने प्रस्ताव आएपनि कोलमबोलले प्रस्ताव अस्वीकार गरेको थियो। सोमबार उसले ब्राजिलमा प्रतियोगिता हुने सूचना जारी गरेको हो।

प्रतियोगिता ब्राजिलले आयोजना गर्ने भनिएपनि रंगशालाको टुंगो लागिसकेको छैन। पछिल्लो सिजनमा पनि ब्राजिललाई जित्न सजिलो हुने तवरले प्रतियोगिता गरिएको भनेर अर्जेन्टिनाका फरवार्ड लियानेल मेस्सीले भेन्यूको आलोचना गरेका थिए।

यता गएको शनिबार ब्राजिलमा कोभिड-१९ को महामारीमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै राष्ट्रपति जैर बोल्सोनारोको आलोचनासहित आन्दोलन भएको थियो। 

कोभिडका कारण ब्राजिलमा झन्डै ४ लाख ६० हजारको ज्यान गइसकेको छ। त्यस्तै कोभिड संक्रमण हुनेको संख्या पनि एक करोड ६० लाख नाघिसकेको छ।

प्रकाशित: May 31, 2021| 15:41 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।