शुक्रबार, कात्तिक २८, २०८२

किन चर्चामा आइरहन्छन् बलिउडमा करण जोहर?

करण जोहर बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक हुन्। उनी अभिनय पनि गर्छन्।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- करण जोहर बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक हुन्। उनी अभिनय पनि गर्छन्।

National life

फरक लैंगिक प्रकृतिका कारण करणको प्रेम जीवन विवादित छ। उनले यो कुरा केही वर्षअघि प्रकाशित बायोग्राफीमा पनि उल्लेख गरेका छन्। 

नवभारत टाइम्सका अनुसार ट्विंकल खन्ना करणकी पहिलो प्रेमिका हुन्। उनीहरु स्कुलका साथी हुन्। करणका अनुसार ट्विंकल एकमात्र युवती हुन्, जसलाई उनले साँच्चिकै प्रेम गरे। करणले आफ्नो बहुचर्चित फिल्म कुछ कुछ होता हे मा ट्विंकललाई लिड रोल अफर गरेका थिए। तर, उनले अस्वीकार गरिन्। 

मनिष मलहोत्रासँग करण जोहरको सम्बन्ध बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्दै आएको छ। तर उनीहरु दुवैले यसलाई अस्वीकार गर्दै आएका छन्। तर पछि गएर उनीहरुको सम्बन्ध बिग्रियो। 

सिद्धार्थ मलहोत्रासँग पनि करणको त्यस्तै सम्बन्ध रहेको चर्चा बलिउडमा चल्ने गर्छ। करणको फिल्म माइ नेम इज खानमा सिद्धार्थ सहायक निर्देशक थिए। त्यहीबेला उनीहरु नजिक भएका थिए। उनीहरु छुट्टी मनाउन पेरिस पनि गएका थिए। सिद्धार्थको व्यक्तित्वबाट आफू प्रभावित भएको करणले बताएका थिए। 

Laxmi sunrise bank
kumari

करणको बायोपिक पुस्तक ‘अ अनस्विटेबल ब्वाइ’मा उनले थुप्रै विवादास्पद विषयवस्तुहरु समावेश गरेका छन्। सबैभन्दा बढी चर्चा त उनको प्रेम र यौन जीवनबारे हुने गरेको छ। करणले जीवनको पहिलो सेक्स अमेरिकामा एक यौनकर्मीसँग गरेको पुस्तकमा उल्लेख गरेका छन्। आफू २६ वर्षको हुँदा अनुभव बटुल्नका लागि पैसा दिएर पहिलोपटक सेक्स गरेको उनको भनाइ छ। 

४८ वर्षीय करणले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई थाहा छैन, म बिहे गर्छु या गर्दिनँ। तर, म सधैं नै एक बच्चा चाहन्छु। ममा एउटी आमामा हुनुपर्ने सबै गुण छ। म मानिसहरुलाई केयर गर्छु र सबैजना मलाई एउटी आमाको भूमिका राम्रोसँग निर्वाहा गर्न सक्छौ भन्छन्।’ आफूलाई मानिसहरुले भिन्न नजरबाट हेर्ने भन्दै उनले धेरै पटक यही कारणले नराम्रो व्यवहार पनि भोगेको बताएका छन्।

करण भन्छन्, ‘मानिसहरु सेलिब्रेटीको बारेमा घटिया कुरा गर्छन्। मलाई लैंगिकताको आधारमा  मूल्यांकन गर्छन् मानिसहरु।’

प्रकाशित: May 31, 2021| 14:07 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्