बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली निकट युथफोर्स गरेको फोहोर डा गोविन्द केसीले उठाए

ओली निकट युथफोर्स गरेको फोहोर डा गोविन्द केसीले उठाए

डा केसीको समूहले युथफोर्सले माइतीघर मण्डलामा गरेको फोहोर सफा गरेको हो।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट युथफोर्सको उपत्यका कमान्ड घोषणा कार्यक्रम राखेको थियो। युथफोर्सले सहरका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली गर्दै कार्यक्रमस्थल पुगेको थियो। 

यस क्रममा सहरका विभिन्न स्थानमा पर्चा पम्पलेट लगायतका सामग्री छरिएका थिए। यो फोहोर सफा गर्न भने चिकिस्ता शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समूह पुगेको छ। 

डा केसीको समूहले युथफोर्सले माइतीघर मण्डलामा गरेको फोहोर सफा गरेको हो। 

'शनिबार दिउँसो युथफोर्सले गरेको शक्ति प्रदर्शनका क्रममा बाटोमा छोडेका पानीका बोतल, चुरोटका ठुटा, झन्डा तथा झन्डामा प्रयोग हुने लट्ठीलगायतका फोहोर डा. केसी नेतृत्वको समूहले उठाएको हो,' डा केसीका सहयोग प्रितम सुवेदीले भने। 

बिपी प्रतिष्ठानका डाक्टहरूले गरेको आन्दोलनमा समर्थन जनाउन डा केसी माइतीघर पुगेका थिए। त्यही क्रममा युथ फोर्सको शक्तिप्रदर्शनले गरेको फोहोर डा केसीको समूहले उठाएको सुवेदीको भनाइ छ। 


प्रकाशित: Jul 24, 2021| 21:07 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।