बुधबार, माघ ७, २०८२

यी ठाउँमा हुँदैछन् युरोकप २०२१ का खेल

इटालीको रोमबाट सुरु हुने एक महिना लामो प्रतियोगिता जुलाई ११ मा वेम्बले रंगशाला इंग्ल्यान्डमा सकिने छ
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं - कोभिड-१९ महामारीका कारण आउँदो जुन ११ बाट युरोपका विभिन्न ११ सहरमा युरोकप सञ्चालन हुँदैछ।

National life

इटालीको रोमबाट सुरु हुने एक महिना लामो प्रतियोगिता जुलाई ११ मा वेम्बले रंगशाला इंग्ल्यान्डमा सकिने छ। प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल वेम्बले रंगशालामा सञ्चालन गरिने भएको हो।

सुरुमा १२ सहरमा आयोजना गरिने योजना रहे पनि डुब्लिन र बाल्बियोलाई हटाएर सेभिल्ली सहरलाई थप गरिएपछि प्रतियोगिता ११ ठाउँमा निश्चित भएको हो।

प्रतियोगिताभर ५१ खेल हुनेछन्। र, यो प्रतियोगिता स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा युरोपको विभिन्न ११ सहरमा गर्न लागिएको हो।

यी हुन् प्रतियोगिता हुने ११ सहर र रंगशाला

Laxmi sunrise bank
kumari

स्टेडियो ओलम्पिको – रोम, इटाली

जोहन क्रुफ एरिना – आमस्टरडम, नेदरल्यान्ड

ओलम्पिक स्टेडियम – बाकु, अजरबैजान

रामोन सान्चेज पिजुवान रंगशाला – सेभिया, स्पेन

एरिना नेशनला – बुखारेस्ट, रोमानिया

पुसकस एरिना – बुडापेस्ट, हंगेरी

पार्केन स्टेडियम – कोपनहेगन, डेनमार्क

हामप्डेन स्टेडियम – ग्याल्सगो, स्कटल्यान्ड

एलिनाज एरिना – म्युनिख, जर्मनी

क्रेस्टोब्स्की स्टेडियम – सेन्ट पिटर्सबर्ग, रसिया

वेम्बले स्टेडियम – लण्डन, इंग्ल्यान्ड

यस्ता छन टिमः

समूह एः इटाली, स्विट्जरल्यान्ड, टर्की, वेल्स

समूह बीः बेल्जियम, रसिया, डेनमार्क, फिनल्यान्ड

समूह सीः युक्रेन, नेदरल्यान्ड, अष्ट्रिया, उत्तर म्याकडोनिया

समूह डीः इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक, स्कटल्यान्ड

समूह ईः स्पेन, पोल्यान्ड, स्विडेन र स्लोभाकिया

समूह एफः जर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी

खेल हुने स्थानः

समूह एः रोम र बाकू

समूह बीः सेन्ट पिटरबर्ग र कोपनहेगन

समूह सीः आमस्टारडम र बुखारेस्ट

समूह डीः लण्डन र ग्लास्गो

समूह ईः सेभिल्ली र सेन्ट पिटरबर्ग

समूह एफः म्युनिख र बुडापेस्ट

त्यस्तै, क्वार्टरफाइनलका खेल आमस्टारडम, बुडापेस्ट र लण्डनमा हुनेछन। साथै, क्वार्टरफाइनल खेल सेन्ट पिटरबर्ग र म्युनिखमा हुनेछन्।

प्रकाशित: May 31, 2021| 06:53 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।