बिहीबार, असार २५, २०८३

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

अर्जेन्टिनाका स्वास्थ्य मन्त्री कार्ला भिजोट्टीले कोपा अमेरिका आयोजनाको विषय अझैसम्म अन्योल रहेको बताएको केही घन्टा नवित्दै अर्जेन्टिनामा प्रतियोगिता नुहुने भएको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- अर्जेन्टिनाका स्वास्थ्य मन्त्री कार्ला भिजोट्टीले कोपा अमेरिका आयोजनाको विषय अझैसम्म अन्योल रहेको बताएको केही घन्टा नवित्दै अर्जेन्टिनामा प्रतियोगिता नुहुने भएको छ।

अर्जेन्टिनामा प्रतियोगिता आयोजना हुन केही दिन मात्र बाँकी रहँदा पनि स्वास्थ्य मन्त्री भिजोट्टीले प्रतियोगिता हुने स्पष्ट नभइसकेको बताएका थिए।

कोभिड १९ को नयाँ संक्रमण दैनिक ३४ हजार दरले बढिरहेका कारण प्रतियोगिता अर्जेन्टिनामा स्थगित गरिको हो। अहिले दक्षिण अमेरिकी देश अर्जेन्टिना महामारीसँग जुदिरहेको छ। र, त्यहाँको सरकारले प्रतियोगिता सञ्चालनका लागि कडा स्वास्थ्य मापदण्डको पलना गराइरहेको थियो। 

‘जसले यो प्रतियोगिताबारे निर्णय लिँदैछन् उनीहरू अनुसन्धानको अन्तिम चरणमा छन्। प्रतियोगिता समयमै सञ्चालन हुने भए त्यो काम सकिसक्नु पर्ने थियो,’ उनले आइतबार एक पत्रकार सम्मेलनमा भनेका थिए।

महामारी बडेपछि गएको बुधबार मात्र अर्जेन्टिनाको सरकारले कडा स्वास्थ्य मापदण्ड ल्याएको थियो। दक्षिण अमेरिकी फुटबल महासंघ कोनमबोलले गर्ने प्रतियोगिता आगामी जुन १३ बाट जुलाई १० तारिकसम्म अर्जेन्टिनामा आयोजना गरेको थियो। साथै पछिल्लो समय प्रतियोगिता रद्द गर्ते प्रस्ताव आएको भए पनि कोनमबोलले त्यो प्रस्ताव अस्विकार गरेको थियो।

साथै कोपा अमेरिक अर्जेन्टिनाले कोलम्बियासँग मिलेन गर्ने भएको थियो। तर, कोलम्बियामा सरकार विरोधि आन्दोलनले कोपा अमेरिकाको पनि विरोध गरेका कारण अर्जेन्टिनाले मात्र आयोजन गर्ने भएको थियो।

तर, आज अर्को सूचना जारी गर्दै कोनमबोलले प्रतियोगिता अर्जेन्टिनामा नहुने बताएको एएफपीले जनाएको हो। कोनमबोलले प्रतियोगिता आयोजनाका लागि प्रस्ताव गर्ने देशहरूको बारेमा अनुसन्धान गरिरहेको र आयोजकबारे चाँडै जानकारी दिने पनि बताएको छ।

प्रकाशित: May 31, 2021| 05:48 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।