बिहीबार, असार २५, २०८३

इराकसँगको खेलपछि विश्वकप छनोट खेल्न कुवेत जाँदै नेपाली टोली

शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि नेपाली फुटबल टिम आज कुवेत प्रस्थान गर्दैछ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाठौं- शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि नेपाली फुटबल टिम आज कुवेत प्रस्थान गर्दैछ। नेपाली टिम स्थानीय समयअनुसार आज साँझ ६ बजे इराकबाट स्थलमार्ग हुँदै कुवेत प्रस्थान गर्ने भएको हो।

नेपाली टिमका म्यानेजर मधुसुधन उपाध्याये स्थलमार्गबाट कुवेत पुग्न दुई घण्टा लाग्ने बताएका छन्। नेपालले विश्वकप छनोट र इराकसँग मैत्रीपूर्ण खेल्नका लागि गएको मंगलबार नेपालबाट इराक प्रस्थान गरेको थियो।

जसमा शनिबार राति किंग्स सलमान स्पोर्टस सिटी रंगशालामा नेपालले ६-२ गोलको हार बेहोरेको थियो। अब नेपालले कुवेतको जबर अल अहमद रंगशालामा चाइनिज ताईपेसँग जुन ३ मा होम गेम खेल्नेछ।

त्यस्तै, सोही रंगशालामा जुन ७ मा जोर्डनसँग र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। सबै खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछन्।

समूह बीमा रहेको नेपालले कुवेतविरुतद्धको होम र अवे खेल लेखिसकेको छ। एक जितका साथ ३ अंक बनाएको नेपाल पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा छ।

प्रकाशित: May 30, 2021| 10:28 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।