काठमाठौं- शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि नेपाली फुटबल टिम आज कुवेत प्रस्थान गर्दैछ। नेपाली टिम स्थानीय समयअनुसार आज साँझ ६ बजे इराकबाट स्थलमार्ग हुँदै कुवेत प्रस्थान गर्ने भएको हो।
नेपाली टिमका म्यानेजर मधुसुधन उपाध्याये स्थलमार्गबाट कुवेत पुग्न दुई घण्टा लाग्ने बताएका छन्। नेपालले विश्वकप छनोट र इराकसँग मैत्रीपूर्ण खेल्नका लागि गएको मंगलबार नेपालबाट इराक प्रस्थान गरेको थियो।
जसमा शनिबार राति किंग्स सलमान स्पोर्टस सिटी रंगशालामा नेपालले ६-२ गोलको हार बेहोरेको थियो। अब नेपालले कुवेतको जबर अल अहमद रंगशालामा चाइनिज ताईपेसँग जुन ३ मा होम गेम खेल्नेछ।
त्यस्तै, सोही रंगशालामा जुन ७ मा जोर्डनसँग र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। सबै खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछन्।
समूह बीमा रहेको नेपालले कुवेतविरुतद्धको होम र अवे खेल लेखिसकेको छ। एक जितका साथ ३ अंक बनाएको नेपाल पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा छ।