सोमबार, चैत ९, २०८२

रोकिएका परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

National life

'रोकिएका परीक्षाहरू पनि यथा समयमा सञ्चालन गर्ने विषयमा तयारी भइरहेको जानकारी गराउँछु,' विज्ञप्तिमा उल्लेख छ।

यस्तै विश्वविद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको र परीक्षाको विषयमा पनि गृहकार्य भइरहेको जनाएको छ। विश्वविद्यालयले कोरोना भाइरसको दोस्रो लहरका कारण प्रभावित भएको शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै वैकल्पिक (अनलाइन) विधिबाट कक्षा सञ्चालन भइरहेको जानकारी दिएको हो।

विश्वविद्यालयका ७९ शिक्षण इकाइहरूले पूर्ण रूपमा र ३० वटा निकायहरूले आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको त्रिविको भनाइ छ। आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन भएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशतभन्दा बढी कक्षा सञ्चालन भएको र ४ वटा निकायमा अनलाइन कक्षा संचालनको तयारी भइरहेको जनाएको छ।

प्रकाशित: May 30, 2021| 09:51 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्