सोमबार, चैत ९, २०८२

कोभिडबाट मृत्यु हुने त्रिविका शिक्षक/कर्मचारीको संख्या २३ पुग्यो

‘कोरोना भाइरसको दोस्रो लहरबाट विश्वविद्यालयका केही शिक्षक तथा कर्मचारीले ज्यान गुमाउनुपरेको छ,' विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोनाको पहिलो र दोस्रो लहरबाट त्रिविका आंगिक क्याम्पस तथा निकायका हालसम्म ६१६ जना शिक्षक, कर्मचारीहरू संक्रमित भएका छन्। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमित २३ जना शिक्षक तथा कर्मचारीको मृत्यु भएको बताएको छ। त्रिवि रजिस्ट्रारको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्यापनरत ११ जना शिक्षक र १२ जना कर्मचारीको कोभिड संक्रमणपछि मृत्यु भएको उल्लेख गरेको हो। 

National life

‘कोरोना भाइरसको दोस्रो लहरबाट विश्वविद्यालयका केही शिक्षक तथा कर्मचारीले ज्यान गुमाउनुपरेको छ,' विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोनाको पहिलो र दोस्रो लहरबाट त्रिविका आंगिक क्याम्पस तथा निकायका हालसम्म ६१६ जना शिक्षक, कर्मचारीहरू संक्रमित भएका छन्। 

कोभिडबाट ज्यान गुमाउने शिक्षक
१. किशोर महर्जन, सह-प्राध्यापक, शंकरदेव क्याम्पस, रामशाहपथ 
२. डा. शेरजंग खड्का, सह-प्राध्यापक, पद्यकन्या बहुमुखी क्याम्पस, वागबजार 
३. शंकर सुवेदी ,उप-प्राध्यापक ,अंग्रेजी केन्द्रीय विभाग, कीर्तिपुर 
४. विनय प्रसाई ,उप-प्राध्यापक, पद्यकन्या बहुमुखी क्याम्पस, बागबजार 
५. दीपक मैनाली उप-प्राध्यापक शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर 
६. निमा शेर्पा ,उप-प्राध्यापक ,भोजपुर बहुमुखी क्याम्पस, भोजपुर
७. उमेश यादव ,उप-प्राध्यापक, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज
८. धर्मेन्द्र महर्जन ,शिक्षण सहायक, महेन्द्र रत्न क्याम्पस ताहाचल
९. डोल बहादुर भण्डारी, शिक्षण सहायक, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज
१०. मनोज चौरसिया, आंशिक शिक्षक, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज
११. नवीन कर्ण, आंशिक शिक्षक, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज

ज्यान गुमाउने कर्मचारीहरू
१. शम्भुप्रसाद भट्टराई ,महाशाखा प्रमुख, लेखा परीक्षण महाशाखा, कीर्तिपुर
२. संगिता श्रेष्ठ मल्ल, उप-प्रशासक, पुल्चोक क्याम्पस, पुल्चोक
३. सन्तोष मानन्धर ,शाखा अधिकृत ,शिक्षा विकास तथा अनुसन्धान केन्द्र, बल्खु
४. रविन्द्रमान वसी, शाखा अधिकृत ,शंकरदेव क्याम्पस, रामशाहपथ
५. गुलावरत्न शाक्य ,शाखा अधिकृत ,परीक्षा नियन्त्रण कार्यालय, बल्खु
६. मोहम्मद शरिफ, शाखा अधिकृत ,सूर्यनारायण सत्यनारायण मोरबैता यादव राइन बहुमुखी क्याम्पस, सिराहा
७. उर्मिला गिरी, शाखा अधिकृत, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज
८. सप्तबहादुर पुन कार्यालय सहयोगी महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज
९. शान्ति थिङ, कार्यालय सहयोगी, वीरगञ्ज नर्सिङ क्याम्पस, वीरगञ्ज
१०. दुरमाया तामाङ ,कार्यालय सहयोगी, रामपुर क्याम्पस, चितवन
११. गोविन्द गिरी, कार्यालय सहयोगी, महेन्द्र बहुमुखी क्याम्पस, दाङ
१२. छोरी पोडे, कार्यालय सहयोगी, रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग

No description available.

Laxmi sunrise bank
kumari

No description available.

प्रकाशित: May 30, 2021| 09:40 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्