बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलमा प्रदर्शन : खोप ल्याऊ, नत्र राष्ट्रपतिलाई महाअभियोग लगाऊ

ब्राजिलमा प्रदर्शन : खोप ल्याऊ, नत्र राष्ट्रपतिलाई महाअभियोग लगाऊ

कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर गएको भन्दै ब्राजिलमा प्रदर्शनहरु भइरहेका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर गएको भन्दै ब्राजिलमा प्रदर्शनहरु भइरहेका छन्। यसको सम्पूर्ण जिम्मा राष्ट्रपति जैर वाल्सनारोले लिनुपर्ने प्रदर्शनकारीको ठहर छ। विरोध प्रदर्शन राष्ट्रपतिलाई नै लक्षित गरेर भइरहेको छ। 

National life

राजधानी ब्रासिलियामा सर्वसाधारणले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने नारा लगाएका छन्। राष्ट्रपतिविरुद्ध ब्राजिलका रियो द जेनेरियो लगायतका ठूला सहरहरुमा प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ। कोभिड–१९ व्यस्थापनमा जैर सरकार चुकेको र सर्वसाधारणको स्वास्थ्यमा खेलबाड भई अनाहकमा ज्यान गुमाउनुपरेको आन्दोलनकारीको भनाइ छ।

प्रदर्शनकारीले राष्ट्रपति जैरले महामारीमा आफ्नो उत्तरदायित्व तथा जिम्मेवारी प्रभावकारी ढंगले ननिभाएको जनाएका छन्। कोरोना भाइरसबाट प्रभावित मुलुकमध्ये ब्राजिल अमेरिकापछिको दोस्रो मुलुक हो।

ब्राजिलमा कोरोना भाइरसका कारण ४ लाख ६० हजार  मानिसले ज्यान गुमाएका छन् भने १ करोड  ६४ लाख ७१ हजार भन्दा बढी संक्रमित भएका छन्।

आन्दोलनमा सहभागीहरुले सरकारी ढिलासुस्ति र लापरबाहीले  ब्राजिलकोे स्वास्थ्य प्रणाली नै ध्वस्त भएको आरोप लगाएका छन्। प्रदर्शनकारीले राष्ट्रपतिको पुत्ला बोक्दै कि महाअभियोग लगाउनुपर्ने कि खोप ल्याउनुपर्ने माग राखेका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 30, 2021| 08:35 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।