शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • विश्वकै अग्लो स्थानमा हुने कालीमार्सी जोगाउँदै पातारासी गाउँपालिका

विश्वकै अग्लो स्थानमा हुने कालीमार्सी जोगाउँदै पातारासी गाउँपालिका

धान फल्ने विश्वकै अग्लो स्थानमध्येको जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत जुम्लाको छुमचौर ज्युलो (फाँट) मा १० वर्षपछि धान लगाउन थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए।
 |  बुधबार, साउन २०, २०७८
averest bankaverest bank

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, साउन २०, २०७८

धान फल्ने विश्वकै अग्लो स्थानमध्येको जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत जुम्लाको छुमचौर ज्युलो (फाँट) मा १० वर्षपछि धान लगाउन थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए। छुमचौर समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा पर्छ।  

sagarmatha cement

'हामीले तीन वर्षअघिदेखि मार्सी जोगाउने कार्यक्रम सुरु गरेका हौं,' अध्यक्ष बोहराले भने, 'सुरुको वर्ष एक रोपनीमा किसानलाई धान रोप्न बिउ उपलब्ध गराएका थियौं। तेस्रो वर्षमा आइपुग्दा पाँच रोपनीमा फैलिएको छ।'

धानविज्ञ डा. बालकृष्ण जोशीका अनुसार कालीमार्सी सोही ठाउँमा उत्पत्ति भएको हो। उनी भन्छन्, 'विकासको सिद्धान्तअनुसार जुन ठाउँको बाली हो त्यही ठाउँमा निरन्तर लागाइरह्यो भने त्यसको जैविक विकास हुन्छ। छुमचौरमा धान लगाउनुको जैविक दृषि्टले महत्त्वपूर्ण छ।'

कालीमार्सी धान लोपोन्मुख प्रजाति हो। जोशी भन्छन्, 'यो त्यो उचाइमा उत्पादन हुने धान हो अन्त यसलाई मिल्ने हावापानी पाइँदैन।'

कालीमार्सी धान लोपोन्मुख प्रजाति हो। जोशी भन्छन्, 'यो त्यो उचाइमा उत्पादन हुने धान हो अन्त यसलाई मिल्ने हावापानी पाइँदैन।' यो प्रजाति जुम्लामै पनि कम हुँदै गइरहेको छ भने अन्त त लगाउने गरिएको छैन।  यति उचाइमा संसारका कुनै पनि ठाउमा धानखेती नहुनु र यो क्षेत्रमा मात्रै धान खेती हुनु प्रकृतिको देन नै हो। 

यार्साको फाइदाले धान ओझेलमा 

Metro Mart
worldlink

पानी लगाउने, मल हाल्ने, झार उखेल्नेलगायतका काम गर्दा धान भित्र्याउँदासम्म सात महिना नियमित खेतमा व्यस्त हुनुपर्छ। यति गर्दा पनि भनेजति उब्जनी हुँदैन। मौसम र रोगका कारण कहिले त उत्पादनमा ह्रास आउन सक्छ। अर्को कुरा धान रोप्ने र यार्सा टिप्ने सिजन एउटै भएकाले किसानले मार्सी लगाउन छाडेका छन्।

'धानको भन्दा यार्साको कमाइ बढी हुने भएपछि गाउँका दाजुभाइले धान लगाउनै छाडे,' बोहराले भने, 'धानमा डडुवा रोगले पनि दुःख दियो। सिँचाइ नहुँदा पनि धान लगाउन समस्या थियो।'


एकातिर सिँचाइ अभाव र अर्कोतर्फ डडुवाको प्रकोप त्यसमाथि यार्साको आकर्षणले गर्दा पातारासीमा धान खेतीको आकर्षण घट्दै गएको थियो। छुमचौर ज्युलोको धानको जैविक र ऐतिहासिक महत्त्व भएकाले जसरी भए पनि धान जोगाउनुपर्छ भनेर कृषिविज्ञ पनि चिनि्तत थिए।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले स्थानीयले कालो धान भन्ने गरेको जुम्लाको छुमचौरमा खेती हुने काली मार्सी प्रजाति आठ–नौ सय वर्ष पुरानो भएको बताए।

कालीमार्सीमा भिटामिन, कार्बोहाइड्रेट, मिनरललगायतका तत्त्व पाइने भएकाले स्वास्थ्यका दृष्ट्रिटले निकै लाभदायक मानिन्छन्। 

'यसको प्रतिरोध क्षमता कम भएकाले खेती गर्न गाह्रो छ। पसाइसकेको धान सानो हावा लाग्दा पनि झारिदिन्छ', देवकोटाले भने।

कालीमार्सीमा भिटामिन, कार्बोहाइड्रेट, मिनरललगायतका तत्त्व पाइने भएकाले स्वास्थ्यका दृष्ट्रिटले निकै लाभदायक मानिन्छन्। 'मार्सी धान प्रतिकेजी १ एक २ रुपैयाँमा बिक्री भइरहेको छ भने चामल १ सय ५०  देखि १ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ', देवकोटाले भने। कालीमार्सी व्यक्तितगत रूपमा तवरमा केही व्यवसायीले विदेश पनि लगिराखेका छन्। 

उचाइका कारण यहाँ धान लगाउन होचो ठाउँको जस्तो सजिलो नहुने देवकोटा बताउँछन्। तर उत्पादित धानका लागि भने बजारको दुःख छैन।

'फेरि धान नलगाउँदा एक त उब्जनी नहुने अर्को जग्गा बाँझो पलि्टने भयो,' बोहोराले भने, 'यहाँ हुने धानै लोप हुने डर भएपछि हामीले कार्यक्रम बनाएर संरक्षण थालेका हौं।'

छुमचौरमा उचाइका कारण खेती गर्न समस्या छ भने गाउँका अधिकांश पुरुष कामका लागि बाहिर जाने गरेकाले पनि महिलालाई मात्रै खेतीको भार थपिँदै गएको छ।

कृषि पर्यटनको विकास

पातारासीले काली मार्सी हुने छुमचौर ज्युलोलाई कृषि पर्यटनका रुपमा पनि विस्तार गर्ने काम अघि बढाएको छ। 'छुमचौर ज्युलो संरक्षण योजनाको डीपीआर बनेर टेन्डर सकिएको छ,' गाउँपालिकाका प्रशासकीय अधिकृत टेबकहादुर बुढ्थापाले भने, 'अब ज्युलोको घेराबार गर्ने, सिँचाइको पूर्वाधार बनाउने लगायतको काम गरिनेछ।'

एक हजार वर्षअघि जुम्लामा चन्दननाथ मन्दिरको स्थापना भएदेखि जुम्लीले कालीमार्सी धानको खेती सुरु गर्न थालेको पाइन्छ। १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानी गाविसको लाछु ज्युलोमा रहेको सानो फोक्टामा मार्सिधानको परीक्षण गरेको किंवदन्ती छ।

ज्युलो संरक्षणको बनाइएको कर्यक्रमका लागि साढे २ करोड बजेट विनयोजन भएको अधिकृत बुढ्थापाले जनाए। खेती विस्तारसँगै स्थानीयको आर्थिक उपार्जनका लागि पर्यटकीय पूर्वाधार पनि विस्तार गरिने योजना संरक्षण कार्यक्रममा समेटिएको छ।

'पर्यटन विस्तारका लागि होमस्टे बनाउने र केही ठाउँमा प्रतीक्षालय बनाउने योजना कार्यक्रममा छ,' बुढ्थापाले भने।

नेपालमा धान

हिमालयको दकि्षणी भेगमा धानको उत्पति्त भएको मानिन्छ। 'नेपाल पनि धान उद्गम स्थानमध्येको एक हो,' धानविज्ञ डा. बालकृष्ण जोशी भन्छन्, 'नेपालको मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान उत्पादन हुन्छ। यो बाली समुद्री सतहबाट ६० मिटरमा उचाइमा रहेको झापाको केच्नाकलनदेखि जुम्लाको ३०५० मिटरको छुमचौरसम्म पाइएको छ।'


नेपालका प्रमुख खाद्यान्न बालीमध्ये क्षेत्रफलअनुसार धान पहिलो र मकै दोस्रो स्थानमा पर्दछ। उत्पादनका हिसाबले पनि धानले पहिलो, मकैले दोस्रो र गहुँले तेस्रो स्थान ओगटेको उनी बताउँछन्। 'विभिन्न अध्ययनबाट नेपालमा अन्नबालीको उत्पादन २५ प्रतिशतले बढाउन सकिने सम्भावना छ,' जोशी भन्छन्।

छुमचौर भने जैविक विविधताको ऐतिहासिक दृष्टिले पनि संरक्षण गर्नुपर्ने स्थान भएको उनी बताउँछन्।

कालीमार्सीको विकासक्रम 

एक हजार वर्षअघि जुम्लामा चन्दननाथ मन्दिरको स्थापना भएदेखि जुम्लीले कालीमार्सी धानको खेती सुरु गर्न थालेको पाइन्छ। १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानी गाविसको लाछु ज्युलोमा रहेको सानो फोक्टामा मार्सिधानको परीक्षण गरेको किंवदन्ती छ। परिक्षणपछि १११२ सालदेखि भने जिल्लाभर कालीमार्सी धान खेती गर्न सुरु गरियो। जुम्लामा तत्कालीन कल्याल राज्यको व्यवस्थापनमा मार्सी धानको अनुसन्धान थालिएको बुढापाका बताउँछन्।

कालीमार्सी स्वादिलो र पोषिलो हुने हुनाले १९०४ मा जंगबहादुर प्रधानमन्त्री हुँदा हुलाकबाट प्रतिदिन एक माना चामल पठाउने गरेको बताइन्छ। कालीमार्सी चामल पठाउने क्रम २००७ साल मोहनशम्शेरको पालासम्म जारी थियो।

प्रकाशित: Aug 04, 2021| 07:00 बुधबार, साउन २०, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्